स्थानीय तह उपनिर्वाचन : कञ्चनपुरको भिनपा-६ का वडा अध्यक्ष मा प्रकाश चन्द निर्वाचित

कञ्चनपुर: हिजो आईतवार सम्पन्न गरिएको स्थानीय तह उपनिर्वाचनमा कञ्चनपुरको भिमदत्त नगरपालिका ६ का वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाश चन्द १ हजार १ सय ७ मत सहित निर्वाचित भएका छन्। त्यस्तै उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले ४ सय ५७ मत प्राप्त गरेका छ्न् भने राप्रपाका सुशील कुमार भट्टले ३ सय ६९ मत प्राप्त गरेका थिए।

यो वडामा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २ सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २ सय १८, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १ सय ४२ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार यो वडामा नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले १ सय २७, माओवादी केन्द्रका नानाराम कोलीले १ सय २२ मत र स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९ मत प्राप्त गरेको आयोगले जानकारी दिएको छ।

Facebook Comments Box