जन्मदिनमा स्वास्थ्यकर्मी खडायतले गरे, रौटेलाको वृद्ध आश्रमलाई खाद्यान्न सहयोग

सुनिल ऐर/कञ्चनपुर: आफ्नो जन्मदिनको अवसरमा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुरमा कार्यरत स्वास्थ कर्मी राम खडायतले वृद्ध आश्रयलाई खाद्यान्न सहयोग गरेका छ्न्। खडायतले रौटेला गाउजी बेदकोट ७,८ कञ्चनपुर स्थित श्री बैजनाथ धाम तथा वृद्ध आश्रम सेवा समिती मा खाद्यान्न सहयोग गरेका हुन्।

जन्मदिनको अवसर पारी वृद्ध आमाबुवालाई खाद्यान्न सहयोग गर्न पाउदा निकै खुशी भएको खडायतले बताएका छन्। असहाय आमाबुबा संग आफ्नो जन्मदिन मनाउन पाएको साथै सक्दो खाद्यान्न सहयोग गरेको खडायतले बताएका छन्।

Facebook Comments Box