कृष्णपुरमा किसान बहुउद्देश्यीय सहकारीको ३० औँ ईकाईगत साधारण सभा सम्पन्न

कञ्चनपुर: किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेड कृष्णपुर इकाईगत वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार कृष्णपुर नगरपालिका–०२ स्थित शाखा कार्यालय वाणीको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको हो। सहकारीका सञ्चालक समिति का सदस्य सरोज कुमार शाहको अध्यक्षतामा भएको साधारणसभामा कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउद प्रमुख अतिथि रहेका थिए। त्यस्तै अतिथिमा किसान सहकारी केन्द्रिय कार्यालय कर्जा विभाग प्रमुख दिपक राज ढुङ्गाना, किसान सहकारी शुक्लाफाटा ईलाका प्रमुख गोरख शाह, लुम्बिनी विकास बैक वाणी शाखा प्रमुख मनोज शाही बचतकर्ता लगायतको उपस्थिति रहेको थियो।

सहकारीमा बचत गर्दा ऋण लिदा सहकारी बारे सहकारीका सञ्चालक बारे पुरै जानकारी लिएर मात्रै कारोवार गर्नुपर्ने निकै सचेत हुनुपर्ने प्रमुख अतिथी साउदले बताएका छन्। कृष्णपुरमा किसान सहकारीले उत्कृष्ट काम गर्दै आएको, ३० बर्षको लामो यात्रा सहजरुपमा पूरा गरेको साथै किसानले स्थानीयका बचत गरेको पैसा संगै विश्वास पनि कायम राख्न सकेको देशकै उत्कृष्ट र सफल सहकारी बनेको प्रमुख अतिथि साउदले बताएका छन्।

किसान सहकारीको प्रधान कार्यालय कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको छ। सहकारीका सुदुरपश्चिम र लुम्बिनी गरि ४२ शाखाहरु रहेका छन्। ३० औ वार्षिक साधारण सभामा सहकारीको ईतिहास संगै परिचय दिदै केन्द्रीय कार्यालय कर्जा विभाग प्रमुख दिपक राज ढुङ्गानाले भने”; २०५२ सालमा २६ जनाले ६५ हजार लगानीमा सुरु गरेको किसान सहकारी हाल ६ अर्ब पुजी रहेको हजारौ बचतकर्ता सेयर सदस्यहरुको लगानी विश्वास रहेको छ।

कार्यक्रममा स्वागत मन्तव्य किसान सहकारी कृष्णपुर शाखामा कार्यरत संगीता शाहीले गरेकी थिइन्। कार्यक्रमको सञ्चालन शाखा प्रवन्धक अमित कुमार चौधरीले गरेका थिए। सहकारीको कृष्णपुर शाखामा २ हजार ३ सय बढी बचतकर्ता रहेका छ्न्। सहकारीको वार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्ता ५ जनालाई सम्मान गरिएको छ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने बचतकर्ता २ जना लाई सम्मान गरिएको थियो। शाखामार्फत सुत्केरी स्याहार सुविधा, आगलागी राहात सुविधा, काजक्रिया सुविधा, श्रीमान काजक्रिया खर्च, मृत्यु कर्जा मिनाहा सुविधा, उच्च शिक्षा अध्यन छात्रबृति सुविधा सम्मान कार्यक्रममा किसानले बचतकर्तालाई प्रदान गरिएको छ। किसान सहकारीलाई विश्वास गरेर हजारौ बचतकर्ताले आफ्नो रकम सहकारीमा जम्मा गरेको साथै किसान सहकारी सधै बचतकर्ताको जीवन सुधार्न लागिपरिरहेको कार्यक्रमका सभा अध्यक्ष सहकारीमा सदस्य सरोज कुमार शाहले बताएका छन्। त्यस्तै कृष्णपुर”वाणी”का शाखा प्रमुख अमित कुमार चौधरीले भने” : हाल सम्म हाम्रो शाखामा २ हजार ३ सय भन्दा बढी बचतकर्ता रहेका छन्। शाखाको सेयर क्यापिटल पुजी १ करोड पुगेको साथै लगानी साढे ७ करोड र बचत संकलन ३ करोड शाखामा रहेको शाखा प्रमुख चौधरीले बताएका छन्। कार्यक्रममा लुम्बिनी विकास बैकका शाखा प्रमुख मनोज शाहीले समेत शुभकामना मन्तव्य राखेका थिए। किसानको ३० बर्षिय यात्रा महत्त्वपूर्ण रहेको साथै किसान सहकारीले स्थानीय किसानहरुलाई सहज भएको बताएका छ्न।

Facebook Comments Box