कञ्चनपुर: कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लालझाडी गाउँपालिका–५ देखतभुली दोदा नदी किनाराको सडक खण्ड महाविर खल्ला बस्ती नजिक स्थानीयको खेतमा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
आईतवार बिहान करिब ४ बजेको समयमा से १ त ३३७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा लालझाडी–५ का ३० वर्षीय विमल रानाको घटनास्थल मै मृत्यु भएको छ।
सडकमा गाईगोरु आउदा ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छ्न्। मृतक रानाको शव पोष्टमार्ट्म का लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको साथै दुर्घटना सम्बन्धि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झलारी प्रमुख झलक प्रसाद शर्माले बताएका छन्।