कञ्चनपुर: कोरोना महामारीमा रोगले भन्दा भोकले नेपाली नागरिकले ज्यान गुमाएको भन्दै काठमाडौमा निशुल्क भोजन/खाना वितरण गरेर कयौं बेसहारा नागरिकलाई जोगाएको समूह हो जय महाकाल युवा समूह, २०७७ साल को कोरोना महामारी मा कोहि पनि भोकले नमरुन भन्ने उदेश्य सहित स्थापना भएको जय महाकाल युवा समूह हाल देशका विभिन्न जिल्लाहरुमा शाखा विस्तार गरि सामाजिक कार्यमा सक्रिय रहेको छ।
जय महाकाल समुहले निशुल्क रुपमा बेसहारा असहाय नागरिकलाई काठमाडौ स्थित टोखामा १ हजार ६ सय ८५ दिन खाना वितरण गरिरहेको छ त्यस्तै जय महाकालले पशुपति नाथ मन्दिर क्षेत्रमा रहेका असहाय दिनदुखी नागरिकलाई पनि निशुल्क रुपमा खाना वितरण गरेको आज ५ सय ५६ दिन भैसकेको छ। झापाको मेचिनगरमा पनि जय महाकाल समुहले निशुल्क खाना वितरण गरिरहेको छ। निशुल्क खाना वितरण संगै महाकाल समुहले बेसहारा नागरिकलाई आर्थिक खाद्यान्न सहयोग, कृषि क्षेत्रमा कार्य, आवाज विहिनको आवाज अन्याय अत्याचारमा साथ सहयोग, भ्रष्टाचार विरुद्ध आवाज, युवालाई सामाजिक कार्यमा आवद्ध, छाडा चौपाया व्यवस्थापन गरी गौशाला व्यवस्थापन, गौ संरक्षण, लागू औषध विरुद्धका अभियान, सार्वजनिक स्थल सरसफाइ लगायतका कार्यहरु गरिरहेको छ।
कञ्चनपुर जिल्ला कमिटीले आईतवार देखि निशुल्क खाना खुवाउने अभियानको समेत सुरुवात गरेको छ। पुनर्वास ११”कञ्चनपुरको भारत र नेपाल जोडने सिमाना ‘गौरीफन्टा ‘डोके बजार स्थित त्रिनेत्र गोदावरी धाम मा निशुल्क भोकालाई भोजन प्यासालाई पानी अभियानको सुरुवात गरिएको जिल्ला महासचिव हिक्मत भण्डारी’हाक्कु’ले बताएका छन्। अब दिनको दुई पटक निरन्तर भोजन वितरण गरिने समेत महासचिव भण्डारीले बताएका छन्।
रोजगारीका शिलशिलामा भारत गएका लुटिएका पिटिएका नागरिकहरुलाई एक छाक भएपनी खाना खुवाउने उदेश्य रहेको साथै कोहि पनि भोकले नमरुन भन्ने हाम्रो उदेश्य हो, हामी युवाहरु मिलेर खाना बाट बन्चित भएका अलपत्र नागरिकलाई निशुल्क खाना अभियानको सुरुवात गरेका छौ, अब यो अभियान अन्य जिल्लाको जस्तै गरि निरन्तर रहने साथै यो अभियानमा साथ सहयोग गर्न जय महाकाल युवा समूह कञ्चनपुर कमिटीको लुम्बिनी बैक शाखा वाणी मा रहेको खाता नं. ०८५००१२०३५०६७२०००००१ मा आर्थिक सहयोग अथवा थप सहयोगका लागि संस्थाका सम्पर्क नम्बर ९८०१३५९०७०, ९८०१३५९०७१, ९८०१३५९०७२, ९८०१३५९०७३ र ९८०१३५९०७४ मा सम्पर्क गर्न समेत महासचिव भण्डारीले हार्दिक अनुरोध गरेका छन्।