कञ्चनपुर: भीमदत्त नगरपालिका १९का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ। भीमदत्त नगरपालिका १९ नम्बर वडा कार्यालयले जेष्ठ नागरिकलाई न्यायो कपडा(कम्बल) वितरण गरेको हो।
बुधबार एक कार्यक्तमका विच वडा कार्यालयले गत विगतका बर्षहरुमा वितरण गर्दै आएको न्यानो कम्बल यस बर्षपनि निरन्तरता दिएको जनाएको छ।
भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष जगुराम थारु(चौधरी)ले विगत दुई बर्षदेखि जेष्ठ नागरिकलार्ई वितरण गर्दैै आएको न्यानो कपडा यस बर्षपनि वितरण गरेको बताए । वडाध्यक्ष चौधरीका अनुसार निर्वाचित भएकै आर्थिक बर्ष ०७९/०८०मा ७२, ०८०/०८१मा ८० र चालु आर्थिक बर्षमा ७० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बताए।
पहिलो बर्ष ८० बर्ष भन्दा माथि उमेर समुहका, दोस्रो बर्ष ७५ बर्ष भन्दा माथि र तेस्रो बर्ष ७२देखि ७५ बर्षका जेष्ठ नागरिकलाई वितरण गरिएको बताए । ‘हामीले सबै समुदायका उक्त ७२देखि ७५उमेर समुहका जेष्ठ नागरिकलाई कम्बल वितरण गरेका छौँ, ‘उनले भने, ‘चिसो छल्नका लागि वडाबाट सक्दो समाजिक कार्य गरिरहेका छौँ ।’ वडाबाट कम्बल पाएपछि जेष्ठ नागरिक हर्षित भएका छन । उनीहरुले वडा सरकारले आफ्ना पिरमर्का बुझेको बताएका छन । वडा सदस्यहरुले समेत उक्त कार्यक्रम निरन्तर अघि बढाउने बताएका छन । भीनपा १९की वडा सदस्य भागरती विष्ट(कुँवर)ले कार्यक्रम निरन्तर अघि बढाउने बताईन । उनले जेष्ठ नागरिकलाई सेवा गर्ने उदेश्यका साथ कम्बल वितरण गरेको बताईन।
कार्यक्रममा अर्का वडा सदस्य डम्बर सिह जोराले पनि सरकारले जेष्ठ नागरिकलाई गरेको सम्मान जस्तै वडाले पनि गरेको बताए । वडा सचिव भागेश्वर बडाऐर(जोशी)ले संचालन गरेको कार्यक्रममा वडाध्यक्ष जगुराम थारु(चौधरी)को प्रमुख आथित्यमा भएको कार्यक्रममा वडा सदस्य भागरथी विष्ट(कुँवर), लक्ष्मी सुनार, डल्ला राना, डम्बर सिह जोरा सहित रहेका थिए । जिल्ला सदरमुकाम रहेको उक्त वडा भूगोल र पालिका मुकाम भन्दा ९पछि टाढा रहेको वडा हो।