कृष्णपुरमा ली-बर्डको स्थानीय परियोजना सल्लाहकार समिति अनुगमन भ्रमण सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिका -५ का महिला किसानहरु ली-बर्डको सहयोगले गर्दा कृषिमा आत्मनिर्भर बनिरहेका छ्न्। फेल्म नेपाल मार्फत फिनल्यान्ड सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित (समानुपातिक जीविकोपार्जन का लागि साना किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम(सक्षम) परियोजना अन्तर्गत असल अभ्यास र प्रविधिहरुको विस्तारका लागि स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन भ्रमण कार्यक्रम बिहीबार सम्पन्न गरिएको छ।

सक्षम परियोजना ली-बर्ड, कृषि ज्ञान केन्द्र कञ्चनपुर र कृष्णपुर नगरपालिका को साझेदारीमा सञ्चालित रहेको छ। बिहिबार फिल्ड भ्रमण मा कृष्णपुरमा ली-बर्डले गरेका क्रियाकलाप किसानका करार खेती अनुगमन गरिएको हो। कृष्णपुर-५ गुलरियाका ८ जना महिलाहरुले सामुहिक रुपमा गरिरहेको कृषि कार्य करार खेतीले गर्दा सिकाई संगै जिविकोपार्जनमा सहज भएको सगरमाथा कृषि समुहकी अध्यक्ष अन्द्रावती रानाले बताएकी छिन्। हाल कञ्चन क्याम्पसको जमिन भाडामा लिएर कृषीमा आफुहरु आवद्ध रहेको साथै राम्रो आम्दानी भैईरहेको रानाले बताएकी छिन्। ली-बर्डको सहयोग पछि हाल करार खेतीमा लौका, खुर्सानी, टमाटर, भिण्डी, काउली लगायतका तरकारी लगाएर आफुहरुलाई जिविकोपार्जनमा निकै सहज भएको छ; रानाले भनिन्;”अब केही गर्नसक्छु भन्ने लागेको छ।

त्यस्तै कृष्णपुर-५ कै मोहना मुक्तकमैया बस्तीमा रहेका महिला किसानहरुको जलबायु मैत्री गाउँ पनि भ्रमण गरिएको थियो। प्रविधी मैत्री कृषि, सोलार सिचाई, गोठ सुधार, गड्यौला मल, झोल मल, टनेल वितरण लगायत मा ली-बर्डले स्थानीयहरुलाई सहयोग गरेको छ। प्रविधी मैत्री कृषि सिकाई संगै घर बगैंचा खेती गरेरै जिविकोपार्जनमा विगत भन्दा सजिलो भएको स्थानियहरुले बताएका छन्। आजभोलि हामी आफै मेहनत गर्छौ,’ आफैले उत्पादन गरेका ताजा सागतरकारी आफू र आफ्नो परिवारलाई खुवाउछौ, बाकी बजारमा लगेर बेच्छौ, घर खर्च, नानिबाबुहरुको पढाई खर्च संगै थोरै बचत समेत गर्ने गरेका छौं: स्थानीय लक्ष्मी चौधरीले बताईन।

कृषि खेतीका कारण आफू व्यस्त पनि भैइरहने आम्दानी पनि हुने हुदा खुशी भएको स्थानीय रितु चौधरीले बताएकी छिन्। ली-बर्डले अन्य वडामा पनि यी यस्ता कार्यक्रमहरु विस्तार गर्दै लैजाने जनाएको छ। परिवारको दैनिक आवश्यकता परिपुर्ति गर्ने उदेश्यले तरकारी, फलफुल, डालेघास, जडीबुटी लगायतको कृषि गरि घर बगैचा गरिरहेको कृष्णपुर नगरपालिका वडा नं. ५ मोहना शिविर (मुक्तकमैया बस्ती) मा बस्ने सीता चौधरीले ली-बर्डको सहयोगमा नयाँ नयाँ प्रविधि थाहा पाएको, कृषिमै सहज तरिकाले आत्मनिर्भर बन्ने र लि-बर्डले कृषिमा लगानी समेत गरेको साथै टमाटर खेती गरि राम्रो आम्दानी हुने गरेको बताएकी छिन्। गोठ सुधार, मिश्रित खेतीमा लि-बर्डले सहयोग गरिरहेको समेत कृषिमा आवद्ध महिला चौधरीले बताईन।

ली-बर्डले सिमान्कृत घरधुरी मुक्तकमैया, मुक्तहलिया, एकल महिला, अपांगता भएका व्यक्तिको जिविकोपार्जनको लागि सहयोग गरेको, स्थानीय किसानहरुले गरेका असल अभ्यास, किसानहरुका क्रियाकलाप, जलवायु परिवर्तन न्यूनीकरण, प्रविधि मैत्री कृषि अभ्यस्त सम्बन्धि बिहीबार सरोकारवालाहरुको फिल्ड भ्रमण सम्पन्न गरिएको ली-बर्ड कञ्चनपुर सक्षम परियोजना कार्यक्रम अधिकृत दिव्या जोशीले बताएकी छिन्। ली-बर्डले गर्दा कृष्णपुर ५ का ४२ घरधुरी(परिवार) लाभान्वित रहेका छन्। जलवायु मैत्री नमुना कृषि गाउँ का किसान कृष्णपुरमा ली-बर्डको सहयोगमा आत्मनिर्भर बनिरहेका छन्। प्रगती/कोपिला लगायतका स्थानीय कृषक समुहका किसान महिलाहरू ली-बर्डको सहयोग पश्चात् जिविकोपार्जनमा निकै सहज भएकाले निकै हर्षित देखिएका छन्।

कृष्णपुरमा लि-बर्डले महिला किसानहरुलाई निकै सहयोग गरिरहेको, महिलाहरु आफै कृषिमा आवद्ध भएर आत्मनिर्भर बनेकोमा आफू पनि निकै खुशी रहेको साथै पालिकाले आवश्यक सहयोग गर्ने उप-प्रमुख द्रोपती रानाले बताएकी छिन्। कृषिमा लागेका महिलाहरुका लागि कृषि कार्य आम्दानीको श्रोत बनिरहेको, सक्षम परियोजनाले महिलाहरु सक्षम बनिरहेको उप प्रमुख रानाले बताईन।

कृष्णपुरमा लक्षित वर्गको आम्दानी,पोषण वृद्धि मा सुधार संगै जलबायु परिवर्तन का कारण उत्पन्न हुने जोखिम संग जुध्न लि बर्डको सक्षम परियोजनाले काम गरिरहेको परियोजना प्रमुख ईन्द्रश्वर मण्डलले बताएका छन्।

किसानहरुलाई नयाँ प्रविधि मैत्री तरकारी खेती, सिचाई पोखरी, बेमौसमी तरकारी खेती मा किसानहरुलाई अनुदान दिईरहेको, यो भ्रमण रिसर्च ओरेन्टेड रहेको किसानहरूले राम्रो उत्पादन गरेको साथै हामीले गत बर्ष कृष्णपुरका किसानलाई १० लाख कृषिमा अनुदान दिइएको कृषि ज्ञान केन्द्र कञ्चनपुर कार्यालय प्रमुख गोविन्द सिजापतीले बताएका छन्।

कृष्णपुर-५ मा स्थानीय सरकार, ली-बर्ड, कृषि ज्ञान केन्द्र कञ्चनपुरको साझेदारीमा किसानहरुले करार खेती गरिरहेको त्यसमा वडाले बीउ बिजन, टनेल सहित जलबायु मैत्री नमुना गाउँ मा पचास हजार बराबर को जलबायु मैत्री औजार समेत वडाले उपलब्ध गराएको उन्नत जातका बाख्रा पालनले महिलाहरु आत्मनिर्भर बनिरहेको र नगर गौरव योजना अन्तर्गत किसाहरुका लागि कोल्ड स्टोर केन्द्र निर्माण गरिने योजना रहेको कृष्णपुर-५ का वडा अध्यक्ष टेक पाण्डेयले बताएका छन्।

फिल्ड भ्रमणमा कृष्णपुर नगरपालिका का नगर उप प्रमुख द्रोपती राना, कृष्णपुर-१ का अध्यक्ष मोहन बहदुर बस्नेत, कृष्णपुर-४ का अध्यक्ष धर्म बहादुर सिह, कृष्णपुर-५ का वडा अध्यक्ष टेक पाण्डेय, पशु शाखा प्रमुख मान बहादुर के सी, कृषि शाखा प्रमुख लाल बहादुर धामी लगायत नगरपालिका टिम, कृषि ज्ञान केन्द्र कञ्चनपुर प्रमुख गोविन्द सिजापटी, सक्षम परियोजना प्रमुख ईन्द्रश्वर मण्डल, ली-वर्डका कञ्चनपुर कार्यक्रम अधिकृत दिव्या जोशी, लि-बर्डका कृषि प्राविधिक लक्ष्मी चौधरी, समाजिक परिचालक गायत्री ऐडी, स्थानिय किसान लगायतको सहभागीता देखिएको थियो।

Facebook Comments Box