कृष्णपुरका साहित्यकार ‘सिर्जन श्री’ भारतमा सम्मानित

कञ्चनपुर: कृष्णपुर नगरपालिका २ स्थायी बसोबास भएका सिर्जन श्री(दिपेन्द्र पाल) लाई डायनेष्टि मोर्डन गुरुकुल एकेडेमी छिनकी फार्म खटिमा भारतमा आयोजित ” अन्तर्राष्ट्रिय कवि सम्मेलन एवं सम्मान समारोह-२०२४ मा टीकाराम पाण्डेय(एकाकी) स्मृति साहित्य मैत्री सम्मान २०२४ द्वारा सम्मान गरिएको छ।

उनलाई २२/१२/२०२४ सम्मान गरिएको एक दिन अघि अर्थात २१/१२/२०२४ मा अर्को कार्यक्रमा समेत भारतको रुद्रपुरमा सम्मान गरिएको थियो।

उनलाई बुलंदी साहित्यिक सेवा समिती रुद्रपुर द्वारा होटल नैनी रुद्वपुर मा गरिएको अन्तर्राष्ट्रिय कवि सम्मेलमा “देवनागरी २०२४” पनि प्रदान गरिएको थियो। लामो समय प्रवासमा बसेर नेपाली साहित्यक्षेत्रमा योगदान पुर्‍याउनु भएका सिर्जन श्रीलाई गत बर्ष सुदूरपश्चिम सरकारले समेत सम्मान गरेको थियो। हाल उनी प्रगतिशील लेखक सङ्घको सुप सचिब र अखिल नेपाल लेखक सङ्घको केन्द्रीय सचिव छन्।

Facebook Comments Box