निर्माण व्यवसायी मल्लद्वारा बृद्धाआश्रममा नगद सहित खाद्यान्न सहयोग

कञ्चनपुर: निर्माण व्यवसायी हर्क बहादुर मल्लले कञ्चनपुर  को एक बृद्धाआश्रममा नगद सहित खाद्यान्न सहयोग गरेका छन । भवानी कालिका कस्ष्ट्रक्सन प्रालिका संचालक समेत रहेका निर्माण व्यवसायी मल्लले बेदकोट नगरपालिका ७, ८ रौटेलामा रहेको बैजनाथ धाम तथा बृद्धाआश्रम सेवा समितिमा नगद सहित खाद्यान्न सहयोग गरेका हुन।

महाबु गाँउपालिका ५ दैलेखका स्थानीय समेत रहेका निर्माण व्यवसायी मल्लले जन्मदिनको अवसरमा बेसाहरा जेष्ठ नागरिकको समाजिक सेवाका लागि नगद सहित खाद्यान्न, फलफुल वितरण गरेका छन।

समाजसेवी समेत रहेका निर्माण व्यवसायी मल्लले सपरिवार सहितका सरोकारवाला निकाय, जेष्ठ नागरिकसंगै आश्रममै केक काटेर जन्मदिन मनाएका छन । निर्माण व्यवसायी मल्लले नगद ३ हजार ३सय ५रुपैया नगद दक्षिणा सहित चामल, दाल, दुध, चिनी, तरकारी, फलफुल मिठाई वितरण गरेका छन।

मल्ल सहितका उनकी धर्मपत्नी हेमन शाही(मल्ल), बाबु नर बहादुर मल्ल, आमा मन्सरा मल्ल, छोरा मनसुन विक्रम मल्ल सहितका आफन्त घर परिवारले बेसाहरा जेष्ठ नागरिकलाई मिठाई, फुलफुल वितरण गरेका थिए । यसरी निर्माण व्यवसायी मल्लले सपरिवार सहितले बृद्धआश्रममा नगद, खाद्यान्नका साथै फुलफुल मिठाई केक काटेर आश्रममै जन्मदिन मनाएपछि जेष्ठ नागरिक उत्साहित भएका छन । आफ्नै सन्तानको जन्मदिवस जस्तै भनेर जेष्ठ नागरिक उत्साहित हुँदै उनलाई फुल दिएर आर्शिवाद दिएका थिए । निर्माण व्यवसायी मल्लले समाजिक सेवाका लागि आफ्नो खुसीमा घरपरिवारबाट बेसाहरा बनेका जेष्ठ नागरिकसगै खुसी साटासाट गरेको बताए । मल्लले आगामी दिनमा पनि बृद्धआश्रम सहित जेष्ठ नागरिकको सेवा गर्ने प्रण गरेका छन।

Facebook Comments Box