कञ्चनपुर: कृष्णपुर नगरपालिका-२ वाणीको सरस्वती मा.वि खेलमैदान मा आउदो पुस २३ गते देखि सञ्चालन हुने १५औ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने विद्यार्थी खेलाडीलाई जे.बि एकेडेमीको नगद रु ५ हजार पुरस्कार पाउने अवसर मिल्ने छ। कृष्णपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जे.बि एकेडेमीमा अध्यनरत प्रत्येक स्वर्ण पदक विजेता विद्यार्थी खेलाडीहरुलाई प्राेत्साहन स्वरुप नगद रू ५ हजार पुरस्कारको घोषणा भएको जे.बि एकेडेमी कृष्णपुर-२ वाणीका संस्थापक/प्रिन्सिपल जगदीश सेटीले बताएका छन्।
जे.बि एकेडेमीबाट राष्ट्रपति रनिङ शिल्डमा सहभागीता जनाउने सबै खेलाडीलाई माघ २० र २१ गते हुने १५ औं बार्षिकाेत्सब समारोहमा सम्मान समेत गरिने जे.बि.एकेडेमी का संस्थापक तथा प्रिन्सिपल जगदीश सेटीले बताएका छन्। वि.स २०६६ सालमा स्थापित जे.बि.एकेडेमीमा नर्सरी देखि कक्षा १२ सम्म संञ्चालन भइरहेको र करिब ९०० बढी बिद्यार्थीहरू अध्ययनरत रहेको प्रिन्सिपल सेट्टीले बताए। जे.बि.एकेडेमीका खेलाडीहरूले बृहत राष्ट्रिय खेलकुद लगायत विभिन्न मैत्रीपूर्ण राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा खेलाडीहरू सहभागी गराउदै आएको र आफ्ना विद्यार्थीहरुको पठनपाठन संगै जे.बि एकेडेमीले खेलकुदमा समेत विशेष जोड दिईरहेको एकेडेमीका प्रिन्सिपल सेट्टीले बताएका छन्।