लालझाडीमा छैठौं गाउँपालिका स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन

कञ्चनपुर: लालझाडीमा छैठौँ गाउँपालिका स्तरीय १५औं राष्ट्रपति रनिङसिल्ड छनोट प्रतियोगिताको गत (पौष १९ गते) शुक्रबार उद्घाटन गरिएको छ। गाउँपालिका खेलकुद समितिका अध्यक्ष प्रकाश रानाको सभा अध्यक्षतामा सुरु भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष निर्मल राना प्रमुख अतिथि रहेका थिए।

उद्घाटन समारोहमा विभिन्न वडाका वडाध्यक्ष कार्यपालिका सदस्य, शिक्षा खेलकुद शाखा प्रमुख, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, निवर्तमान जनप्रतिनिधि, समाजसेवी राजनीतिक दलका अगुवा, विद्यार्थी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

लालगढी गाउँपालिका वडा नम्बर ४ पर्सिया स्थित स्वतन्त्र माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरिएको थियो। लालझाडी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित प्रतियोगितामा लालझाडीका ७ मा.वि विद्यालयबाट विद्यार्थीहरुको सहभागीता देखिएको थियो।

छैठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्म आईपुग्दा सभ्य र भव्य रुपमा खेलाडीहरुले अनुशासनका साथ खेल खेलेको, लालझाडी गाउँपालिकाले युवाहरुका लागि शिक्षा र खेलकुदमा विशेष जोड दिईरहेको साथै गाउँपालिका स्तरमा विजेता खेलाडीहरुलाई जिल्ला, प्रदेश र केन्द्रमा जित हासिल गर्न पालिकाले सहयोग गर्ने समेत गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका छन्।

स्थानीय दुर्गम क्षेत्रका खेलाडीहरूलाई जिल्ला, प्रदेश र केन्द्र स्तरमा उत्कृष्ट बनाउने गरि आफुहरु लागिरहेको, लालझाडीका खेलाडीहरुको हक हितका लागि आफू सधै लागिरहेको पालिका खेलकुद अध्यक्ष प्रकाश रानाले बताएका छन्। उद्घाटन समारोहमा स्वागत मन्तव्य स्वतन्त्र माविका प्रधानध्यापक जगन्नाथ भट्टले राखेका थिए भने कार्यक्रम सञ्चालन दिपेन्द्र मडैले गरेका थिए।

Facebook Comments Box