कञ्चनपुर: कृष्णपुुर नगरस्तरीय १५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीताको उपाधि कञ्चन माविले जितेको छ। बिहिबार वडा न.२ वाणीमा रहेको सरस्वती माविको खेल मैदानमा सम्पन्न खेलमा वडा न.७ को शान्तीपुरमा रहेको कञ्चन माविले १७ स्वर्ण,५ रजत र १० कास्य गरी ३२ पदकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि जितेको छ।
त्यस्तै कृष्णपुर वडा न.२ वाणीमा रहेको जेबी एकेडेमीले दोस्रो स्थान हाँसिल गरेको छ। जेबी एकेडेमी ७ स्वर्ण,९ रजत र १३ कास्य गरी २९ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ।
६ स्वर्ण,२ रजत र ४ कास्य गरी १२ पदकका प्राप्त गर्दै वडा न.५ मा गुलरीया रहेको कञ्चनजंगा इ.बो.स्कुलले तृतिय स्थान हाँसिल गरेको छ भने ५ स्वर्ण,३ रजत र ३ कास्य गरी ११ पदक जितेको उदय मावि बंकले चौथो स्थान हाँसिल गरेको छ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सदस्य गीता चौधरी,नगरप्रमुख हेमराज ओझा,उपप्रमुख द्रोपती राना,वडा न २ का अध्यक्ष अर्जुन सिह साउँदले मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन।
१५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीतामा १४ सामुदायिक र १२ संस्थागत गरी कुल २६ विद्यालय सहभागी थिए। समापन समारोह कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाको सभाअध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य गीता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समापन समारोहमा नगर उप-प्रमुख द्रोपती राना, वडा न.२ का अध्यक्ष अर्जुन सिह साउँद,वडा सदस्य, शिक्षक शिक्षिका, समाजसेवी, विभिन्न राजनीति दल का प्रतिनिधि, खेलप्रेमी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै पञ्चाधिन मावि ले ४ स्वर्ण,१ रजत गरी जम्मा ५ पदक, कालिका माविले ५ रजत, २ कास्य गरी जम्मा ७ पदक, राष्ट्रिय मावि पहरियाले १ स्वर्ण,१ रजत, १ कास्य गरी ३ पदक, कृष्ण मावि गुलरिया ले ३ स्वर्ण, ६ रजत, ५ कास्य गरी जम्मा १४ पदक, राष्ट्रिय मावि कलुवापुरले ३ स्वर्ण, ६ रजत, २ कास्य गरी जम्मा ११ पदक, नवयुग बालविद्यालय गुलरिया ३ स्वर्ण, १ रजत, ४ कास्य गरी जम्मा ८ पदक, समैजी मावि किचहीले ४ स्वर्ण, २ रजत, ९ कास्य गरी जम्मा १५ पदक, विणा मावि बिचवा ३ स्वर्ण, ४ रजत, १ कास्य गरी जम्मा ८ पदक, नन्द मावि देखतभुलि १ स्वर्ण, ५ रजत, २ कास्य गरी जम्मा ८ पदक, डायमण्ड ईङिलस बोर्डिङ स्कुल बंक २ स्वर्ण, १ रजत, ४ कास्य गरि जम्मा ७ पदक, ज्योति इंग्लिश बोर्डिङ स्कुल १ स्वर्ण, २ रजत, १ कास्य गरी जम्मा ४ पदक, पशुपति विद्या निकेतन २ रजत, २ कास्य गरि जम्मा ४ पदक, महाकाली मावी बसन्तपुर १ स्वर्ण, २ कास्य गरी जम्मा ३ पदक, रिज एकेडेमी मौरीफाटा १ रजत, ५ कास्य जम्मा ६, सरस्वती मा.वि वाणी १ स्वर्ण, २ रजत, १ कास्य गरि जम्मा ४ पदक, रोजी एक्सक्लुसिभ बोर्डिङ स्कुल १ स्वर्ण, २ रजत, ३ कास्य गरि जम्मा ६ पदक, माउन्ट अपि स्कुल रजत १, सनलाईट पब्लिक ३ स्वर्ण, ३ रजत, ४ कास्य जम्मा १० पदक ल्याउन सफल भएका छन् भने प्रतियोगितामा एक पनि पदक नजित्ने ४ विद्यालय रहेका छन्।
कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड कृष्णपुर २ बाणीको सरस्वती माविमा ऐतिहासिक रुपमा सम्पन्न भएको, बिना विवादरहित सभ्य भव्यताका साथ सम्पन्न गर्न सकेको वडा नम्बर २ का वडा अध्यक्ष अर्जुनले बताएका छन्। राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान दिएको अध्यक्ष साउदले बताएका छन्।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता गराइने योजना रहेको साथै खेल र खेलाडीका लागि नगरपालिकाको विशेष सहयोग रहने नगरपालिकाले बताएको छ।
शिक्षा संगै खेलकुद पनि अति आवश्यक रहेकाले खेलकुद प्रतियोगिता समय समयमा आयोजना हुनुपर्ने, खेलकुदले शिक्षामा पनि सहयोग गर्ने, खेलकुदमा उत्कृष्ट हुने सम्पुर्ण खेलाडी विद्यार्थीहरुलाई बधाई साथै आफ्नो पहलमा हुनसक्ने आवश्यक सहयोग गर्ने समापन समारोह प्रमुख अतिथी प्रदेश सभा सदस्य गिता चौधरीले बताएकी छिन।
कृष्णपुर नगरस्तरीय १५ राष्ट्रपति रनिङशील खेलकुद प्रतियोगिता २०८१ समग्र शिक्षा र खेलकुदको विकास भएको प्रतियोगितामा पदक प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई साथै यो बर्ष हामीले नगरको पश्चिमी भेगमा प्रतियोगिता सञ्चालन गर्यौ अब अर्को पल्ट पुर्ब भेगमा सञ्चालन गर्ने नगरबासी खेलाडीहरुका लागि बिशेष गर्ने समापन समारोह सभाअध्यक्ष कृष्णपुरका नगर प्रमुख हेम राज ओझाले बताएका छन्।