गणेश बहादुर बिष्ट/ई.एन नेपाल
कञ्चनपुर: कृष्णपुर नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ मा सहभागी २६ माध्यमिक विद्यालयहरुमध्ये जे.बी एकेडेमी वाणीले ७ स्वर्ण ९ रजत र १३ कास्य गरी जम्मा २९ पदक सहित दोस्राे स्थान हासिल गर्न सफल भएको छ। जे.बि.एकेडेमीले २०७९ सालमा मात्रै राष्ट्रपति रनिङ शिल्डमा सहभागीता जनाएको थियाे भने ३ बर्षमै दाेस्राे स्थान प्राप्त गर्न सफल भएको छ।
बि.स. २०६६ सालमा स्थापना गरि सञ्चालनमा आएको जे.बि.एकेडेमीले १५४ जना विद्यार्थीहरुबाट पठनपाठन सरू गरेकाेमा १५ बर्षभित्रै करिब ९०० बढी विद्यार्थी अध्ययनरत रहेका छन। हाल जे.बि.एकेडेमीमा मण्टेश्वरी कक्षा संगै नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ। जे.बि.एकेडेमीले लगातार शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा दिनुका साथै खेलकुद , सांस्कृतिक कार्यक्रम , समाजिक कार्यमा पनि त्यतिकै सहभागीता गरिरहेकाे छ। खेलाडी लाई नगद पुरस्कार सहित विशेष छात्रवृत्ति ,आमाबुवा गुमाएका बच्चाहरूलाइ निशुल्क , बुवा गुमाएका बच्चालाई ५०% छुट , मुक्त कमैयालाई ५०% छुट , दलित बिद्यार्थीलाई १०% छुट , निरपेक्ष गरिबिकाे रेखामुनि रहेकालाइ अवस्था अनुसार आंशिक तथा पुर्ण छात्रवृत्ति गरि करिब १५० जना विद्यार्थी निशुल्क पढाइरहेकाे एकेडेमीका प्रिन्सिपल जगदीश सेटीले बताएका छन्।
जे.बि.स्कुलबाट कृष्णपुर नगरस्तरिय छनाैट प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडिलाई प्रति स्वर्ण रू ५ हजार उपलब्ध गराउने घाेषणा स्कुलले यसअघि नै गरिसकेको छ। याे संगसंगै शैक्षिक अवलोकन भ्रमण , निरन्तर विद्यार्थी , स्टाफ तथा अभिभावक अन्तरक्रिया , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा सहभागीता जनाउनुका साथै कमजोर विद्यार्थीका अतिरिक्त कक्षामा साथै दिवा तथा रात्री छात्रावासकाे व्यवस्था पनि गरेकाे छ।
आफ्नै १५ कट्टा जग्गामा खेलमैदान , सुविधासम्पन्न भवन, फर्निचर , कम्प्युटर , यातायातका साधन भएको जे बि एकेडेमी हरियाली युक्त शान्त वातावरणमा विद्यालय रहेकाे छ। साथै विद्यालयले समाजमा उत्कृष्ट कार्य गर्दै आएका व्यक्ति तथा संस्थालाई पनि बार्षिकाेत्सव समारोहमा सम्मान गर्ने गरेको छ।
खेलाडीकाे हाैसला बढाउन जे.बि.एकेडेमीले आज पुस २६ गते विहान १० बजेदेखि बाजागाजासहित खेलाडी तथा प्रशिक्षककाे सम्मान गरि गाउपरिक्रमा गराउने र दिउँसो ३ बजे मैत्रीपूर्ण भाेजकाे पनि आयोजना गरेको छ।