सहारानगर: कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ नं. वडा कमिटीको आयोजनामा आयोजित दोस्रो वडा सम्मेलन २०८१ सम्पन्न गरिएको छ। शनिवार कृष्णपुर-४ समैजी मा.वि को प्राङ्गणमा माओवादी केन्द्रले वडा सम्मेलन आयोजना गरेको हो। वडा सम्मेलनमा सभाअध्यक्ष हरि प्रसाद चौधरी, प्रमुख अतिथि केन्द्रिय सदस्य तथा निवर्तमान प्रदेश सभा उप-सभामुख निर्मला वडाल जोशी रहेका थिए। त्यस्तै विशिष्ट अतिथिमा पार्टीका कञ्चनपुर जिल्ला संयोजक खेम राज पाण्डेय, निवर्तमान प्रदेश सभा सदस्य महेश दत्त जोशी, कृष्णपुर नगर ईन्चार्ज दिपक खत्री, नेताहरु क्रमश: खेम राज ओझा, अर्जुन सिह साउद, धर्म बहादुर सिह, मख्खन दहित, दिपेन्द्र पाल, भरत बोहरा, यक्षराज पन्त, लगायतको उपस्थिति रहेको थियो।
वडा सम्मेलनमा सहिद बेपत्ता परिवार सम्मान, सास्कृतिक कार्यक्रम, गणतन्त्र सेनानी सम्मान, जेल जीवन बिताएका कार्याकर्ता लाई सम्मान, प्रमाणपत्र वितरण गरिएको थियो। अब जनताको पार्टी भनेको माओवादी केन्द्र मात्रै रह्यो अब, एमाले काङ्ग्रेस भ्रष्ट भैसकेका निवर्तमान प्रदेश सभा सदस्य महेश दत्त जोशीले बताएका थिए।

वडा सम्मेलन मार्फत एमाले पार्टी परित्याग गरि थुप्रै कृष्णपुर-४ का स्थानीयले माओवादी केन्द्र प्रवेश गरेका छन्। नयाँ वडा कार्यसमिति समेत चयन गरिएको छ। हरि प्रसाद चौधरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी टिम गठन भएको छ। कृष्णपुर-४ मा वडाको जिम्मा माओवादीलाई दिएको अब अर्को चुनाव ८४ मा जनताले कृष्णपुर नै माओवादीको जिम्मा दिने गरि मतदान गर्ने वडा नं. ४ का वडा अध्यक्ष/माओवादी केन्द्रका नेता धर्म बहादुर सिहले बताएका छन्।