वाणी खानेपानीको चौथो साधारण सभा सम्पन्न

गणेश बिष्ट/कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको श्री वाणी खानेपानी उपभोक्ता तथा सरसफाई समितीले आफ्नो नियमित चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ।

साधारण सभाका सभाअध्यक्षता खानेपानी समितिका अध्यक्ष गगन भारती, प्रमुख अतिथी उप-सभामुख कोईली देवी चौधरी, निवर्तमान खानेपानी अध्यक्ष छ्ङा राना, युवा नेता रमेश भाट, गोपाल भारती, समाजसेवी नेता अमर जङ शाही युवा समाजसेवीहरु, स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो। हाल सम्म उपभोक्ताहरुका लागि शुद्ध खानेपानी धारा जडान गरि स्थानीयले खानेपानी सुविधा पाएको वाणी खानेपानीले ३७० धारा जडान गरि उपभोक्तामा सेवा विस्तार गरेको साथै निशुल्क १० धारा विभिन्न सार्वजनिक स्थानमा जडान गरिएको खानेपानी समिती अध्यक्ष गगन भारतीले बताएका छन्।

शुद्ध खानेपानी आयोजनाले गर्दा जनताले शुद्ध खानेपानी खान पाईरहेको र वाणी खानेपानीका लागि आवश्यक बजेट व्यवस्थापन गरि बजेट छुट्याउन पहल गर्ने प्रमुख अतिथी उप-सभामुख कोईली देवी चौधरीले बताएकी थिईन।खानेपानी सचीव केशव नाथ”करन”ले साधारण सभामा आय-व्यय विवरण प्रस्तुत गरेका थिए। सभामा खानेपानी समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कुल आय-व्यय रकम रु २२ लाख ६५ हजार ४ सय ३९ रहेको जानकारी गराए। कार्यक्रम सञ्चालन खानेपानी समिती सदस्य जित बहादुर चौधरी ले गरेका थिए।

Facebook Comments Box