नन्द मा.वि मा डिजिटल शिक्षा को सुरुवात; विद्यार्थीहरुको रोजाईमा पर्यो विद्यालय

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ को श्री नन्द माध्यामिक विद्यालय ले शिक्षामा डिजिटल प्रणालीको सुरुवात भएको छ। सामुदायिक विद्यालयहरुमा अभिभावक र विद्यार्थीहरुले हेर्ने दृष्टिकोण नकारात्मक भएको बेला नन्द मा.वि मा भने विद्यार्थी र अभिभावकहरु को रोजाई केन्द्र बनिरहेको छ। विद्यालयले यातायात को सुविधा कक्षा नर्सरी देखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पढाई हुन थालेको छ।

अहिले यस विद्यालयमा लगभग ८०० विद्यार्थी रहेको र थप १५० नयाँ विद्यार्थीहरु भर्ना भैसकेको र थप विद्यार्थी भर्ना हुने क्रम जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर खत्रीले बताएका छ्न्।

विद्यालयमा प्रारम्भिक बाल विकास का लागि बाल उद्यान, अभ्यास पुस्तिका, कम्प्युटर ल्याव, एल.ई.डी बोर्ड, शुद्ध खानेपानी, आकर्षक भौतिक संरचना, डिजिटल सिकाई र अतिरिक्त क्रियाकलाप लगायत अन्य कार्यक्रम गरिने विद्यालय का प्रधानाध्यापक पुष्कर सिह महराले बताएका छन्।

स्थानीय सरकारले विद्यालय लाई थप सहयोग गरे कृष्णपुर उत्कृष्ट विद्यालय बन्ने का कुनै दुईमत छैन, कृष्णपुर ३ को नन्द मा.वि, बिद्यालयमा प्राविधिक शिक्षाको अभाव रहेको र प्राविधिक शिक्षा भए थप स्थानीय विद्यार्थीहरुको रोजाइमा विद्यालय पर्ने व्यवस्थापन समितिका अध्यक्ष खत्रीको भनाई रहेको छ।

Facebook Comments Box