१७ औॅ एन.प्याब्सन खेल महोत्सवमा जिल्लामै प्रथम बन्यो कृष्णपुरको रोजी एक्सक्लुसिभ स्कुल

कञ्चनपुर: महेन्द्रनगरमा गत पौष २६ देखि २९ गते सम्म आयोजित १७ औॅ कञ्चनपुर जिल्ला स्तरीय एन.प्याब्सन खेल महोत्सव-२०८१ मा कृष्णपुर नगरपालिका वडा नं. २ बंक को श्री रोजी एक्सक्लुसिभ ईङिलस बोर्डिङ बिद्यालयले ४ तहमा खेलाइएका विभिन्न विधाहरूमा सहभागी भई कञ्चनपुर जिल्लाकै प्रथम बनेको छ।

जिल्ला स्तरीय खेल प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ६ कास्य सहित जम्मा २० पदक सहित कञ्चनपुर जिल्ला स्तरीय १७ औ एन.प्याब्सन महोत्सव २०८१ को उपाधी कृष्णपुरको रोजी एक्सक्लुसिभ ईङिलस बोर्डिङ स्कुलले हात पारेको छ। मा.वि ११-१२ तर्फ भलिबल छात्र,हाईजम्प छात्र, ४०० मि. दौड छात्रा, मा.वि ९-१० तर्फ ४०० मि. दौड छात्र, रिले दौड छात्र,आधारभूत तह १-५ तर्फ १०० मि दौड छात्रा, ४*१०० रिले दौड छात्रा गरि जम्मा ७ स्वर्ण पदक प्राप्त गरेको छ। त्यस्तै मा.वि ११-१२ तर्फ सटपूट छात्र, सटपूट छात्रा, ४०० मि. दौड छात्रा,४*१०० रिले दौड छात्र, ४x १०० रिले दौड छात्रा, मा.वि ९-१० तर्फ १०० मि. दौड छात्रा, २०० मि. दौड छात्र गरि जम्मा ७ रजत पदक प्राप्त गरेको छ। भलिबल छात्रा(मा.वि.११-१२), ४०० मि. दौड छात्र(मा.वि.११-१२), १०० मि. दौड छात्रा(मा.वि.११-१२)४x १०० रिले दौड छात्रा, (मा.वि.९-१०) १०० मि. छात्र (मा.वि. ९-१०) र ४x १०० रिले दौड छात्र(आधारभूत तह १-५) गरि जम्मा ६ कास्य पदक प्राप्त गरेको रोजी एक्सक्लुसभी ईङिलिस बोर्डिङ स्कुलका प्रिन्सिपल मदन सिह भण्डारीले बताएका छन्।

रोजी स्कुलको अविस्मरणीय उपलब्धि रहेको, खेल प्रतियोगितामा विजेता बनेकोमा निकै खुशी रहेको अझै आउने दिनमा पढाई सङसङै खेलमा समेत थप विशेष प्राथमिकता दिईने प्रिन्सिपल मदन सिह भण्डारीले बताएका छन्। एन.प्याब्सन खेल प्रतियोगितामा रोजी प्रथम, लिटल बुद्ध एकेडेमी दोस्रो, अनिरुद्र स्कुल तेस्रो र अनिपम स्कुल चौथो बनेका छन्। खेल प्रतियोगितामा २८ स्कुल सहभागी रहेका थिए।

विद्यार्थीहरुको परिश्रम, प्रशिक्षकहरुको लगनशीलता र अभिभावकहरुको समर्थनले स्कुल जिल्लामै प्रथम हुन सफल भएको प्रिन्सिपल भण्डारीले बताएका छन्।

रोजी स्कुल शैक्षिक क्षेत्रमा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। कक्षा ८, एसईई र कक्षा १२ मा कृष्णपुर नगरका विद्यालयहरु मध्येमा रोजी स्कुलबाट बढी विद्यार्थी उत्तीर्ण हुँदै आएका छन्। रोजी एक्सक्लुसिभ स्कुलमा नर्सरी देखि कक्षा १२ सम्मको विद्यार्थीहरु रहेको साथै करिव ९ सय बढी विद्यार्थी अध्यनरत रहेको प्रिन्सिपल भण्डारीले बताएका छन्। रोजी स्कुल वि.स २०५४ सालमा स्थापित बिद्यालय हो।

Facebook Comments Box