वाणीमा भोलि रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुँदै

कृष्णपुर: कृष्णपुर-२ वाणी स्थित वडा हलमा भोलि माघ ५ गते रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुँदैछ। उदय साहित्य समाज कृष्णपुर २ कंचनपुरको आयोजनामा कृष्णपुर नगरपालिका वडा न.२ प्रवर्धक रहेको कार्यक्रमका संयोजक साहित्यकार ‘सिर्जन श्री'(दिपेन्द्र पाल) रहने छन्।

नयाँ स्रष्टाहरूलाई प्रोत्साहन र पुराना स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्य लिएको सँस्थाले यस्ता कार्यक्रमहरूबाट समाजको जरामा रहेका प्रतिभाहरूलाई खोज्न थोरबहुत भए पनि बल पुग्ने कार्यक्रमका संयोजक साहित्यकार ‘सिर्जन श्री’ले बताए। यस कार्यक्रममा देशका नाम चलेका साहित्यकारहरू र नव सर्जकहरू समेतलाई निमन्त्रणा गरिएको सँस्थाकी अध्यक्ष कवि बविता कार्कीले बताइन्।
उनका अनुसार कवि हरिप्रसाद खतिवडा, कविराज भट्ट , रमेश पन्त मितबन्धु,जगदीश ओझा ,तिर्थराज पाण्डेय, कोपिला शर्मा, कलाकार तिलक सिह, वरिष्ठ गायिका डिक्रा वादी,गायक रमेश परियार ,साहित्यकारहरू कृष्णसिह पेला,रियल एनलाइसिस,प्रजापति नेगी,तोयनाथ भट्ट,डिल्लीराज ओझा समर्पण ,गङ्गा बिष्ट ,सत्यराज जोशी,धर्मराज जोशी,प्रेमप्रकाश कलौनी,प्रेमदत्त कलौनी,धर्मानन्द भट्ट,डम्मरी जोशी,पदम प्रकाश साउँद,तिर्थराज भट्ट,चाँदनी भट्ट,सन्दिप समर्पण,साक्षी खतिवडा,अमित प्रसाद भट्ट,निर्मला पन्त,सन्तोष ढाँट,गोकर्ण गिरी,हिमाल शाही,सतिस चुनारा,तेजराम लोहार,द्रोपती पाण्डेय ,लोक बिक्रम मल्ल,गडसेरी माइला आदिलाई निमन्त्रणा गरिएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका साथै लालझाडी गाउँ पालिका वरपर रहेका नवप्रतिभाहरूको खोजी गर्नु र केही सिध्दहस्त पुराना स्रष्टाहरूलाई सम्मान गर्ने रहेको आयोजकले जनाएको छ।

Facebook Comments Box