कञ्चनपुर:- “स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता” भन्ने मुल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८१ तथा कृषि सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ। जय फुलबारी कृषि समूहको आयोजना, कृष्णपुर नगरपालिका, कृषि ज्ञान केन्द्र कञ्चनपुर र ली–बर्डको सहयोगमा कृषि जैविक विविधता दिवसको अवसरमा कृषि सामाग्री प्रदर्शनी कृष्णपुर-२ वाणी मुक्तकमैया बस्तीमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा जय फुलबारी कृषि समूहका अध्यक्ष जित बहादुर चौधरीको सभापतित्व रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले जैविक विविधताको संरक्षण र प्रोत्साहनले कृषिमा नयाँ आयाम थप्ने र यसले स्वस्थ जीवन र पर्यावरणीय सन्तुलनमा टेवा पुर्याउने बताएका छन्।
विशिष्ट अतिथिका रूपमा कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउद र कृष्णपुर-५ का वडा अध्यक्ष टेक पाण्डेयले जैविक विविधताको महत्व र यसले कृषक समुदायको आर्थिक समृद्धिमा पुर्याउने योगदानबारे चर्चा गरेका थिए। मेला तथा दिवसमा विभिन्न जैविक उत्पादन, कृषि उपकरण र सामग्रीको प्रदर्शनी गरिएको थियो। स्थानीय कृषक, सरोकारवालाहरू, तथा कृषि क्षेत्रका विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको यस कार्यक्रममा जैविक कृषि प्रथालाई अगाडि बढाउन सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
थारु समुदायले उत्पादन गरेका रैथाने बालीहरु, खानेकुरालगायतका सामाग्री प्रर्दशनी मेलामा राखिएको थियो। कृष्णपुर नगरपालिकाका ९ वटै वडाका किसानहरुले आफ्ना उत्पादन तथा सामाग्री राखेका थिए। रैथाने बाली तथा खाद्य प्रदर्शनी प्रतियोगिता गरिएको अध्यक्ष चौधरीले बताए। उनका अनुसार रैथाने बाली तथा खाद्य प्रदर्शनी प्रतियोगितामा कञ्चन कृषक समुह, फुलमाया कृषक समुह, रामलक्ष्मण कृषक समुह प्रथम भएको छ।

यसैगरी, सूर्यमुखी कृषक समुह द्धितिय र लालिगुरास कृषक समुह तृतिय भएको छ। प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय कृषक समुहलाई क्रमशः १७ हजार, १२ हजार र ७ हजार पुरस्कारसहित सम्मान गरिएको छ।
कृष्णपुर नगरपालिका विगतदेखि रैथाने बाली संरक्षणमा सक्रिय रहेकाे नगर प्रमुख हेमराज ओझाले बताए। `यहाँ प्रदर्शनीमा राखिएका रैथाने बाली र खाद्यान्नले हामीलाई थप जिम्मेवार बनाएकाे छ। लाेप हुँदै गएका बालीहरूलाई संरक्षणमा नगरपालिकाले काम गरिरहेकाे छ,´ उनले भने, `यसमा सबैकाे सहयोग जरुरी छ।
स्थानीय उत्पादनको प्रवर्द्धन तथा काला, संस्कृतिको संरक्षणमा सधैं सहयोग रहेने उनको भनाई छ। ‘कृष्णपुर नगरपालिकामा प्रयाप्त मात्रामा तरकारी उत्पादन हुन्छ, यहाँको तरकारी धनगढी, महेन्द्रनगरका बजारहरुमा समेत बिक्रि वितरण हुँदै आएको छ,’ उनले भने, ‘कृषि ज्ञान केन्द्रलगायतले यहाँको कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्नु आवश्यक छ।’ जय फुलबारी कृषि सहकारी संस्थाका अध्यक्ष जितबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथि रहेका थिए। कृषि सामाग्री प्रर्दशनी मेलाको विशिष्ट अतिथिमा वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर साउँद, ५ का अध्यक्ष टेक पाण्डेय, अतिथिमा लि-वर्ड सक्षम परियोजनाका टिम लिडर ईन्द्रश्वर मण्डल कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत जागृत खनाल लगायत रहेका थिए भने कार्यक्रम सञ्चालन दुर्गा प्रसाद चौधरीले गरेका थिए।
कार्यक्रममा वक्तित्वकला पनि सञ्चालन गरिएको थियो जसमा प्रथम, दोस्रो र तेस्रो भएकाहरुले समैजी, कृष्ण, उदय नगद ४ हजार ३ हजार र २ हजार प्राप्त गरेका थिए।
उक्त कार्यक्रममा विभिन्न उत्पादनहरू प्रदर्शन गर्नुका साथै कृषकहरूलाई उपयोगी जानकारी प्रदान गरिएको आयोजक जय फुलबारी कृषि समूहले जनाएको छ।