नेपाली काँग्रेसको १०० दिने विशेष अभियान : कृष्णपुर-२ मा विविध कार्यक्रम गरि मनाईयो

कञ्चनपुर: नेपाली काङ्ग्रेस पार्टीको १०० दिने विशेष अभियान कृष्णपुर-२ वडा कार्य समितिको आयोजनामा वाणीमा सम्पन्न गरिएको छ। माघ ५ गते शनिबार वडा कमिटीको आयोजनामा नेपाली काँग्रेसको १०० दिने विशेष अभियानका साथै १४ औ महाधिवेशन पश्चात् को दोस्रो बैठक विविध कार्यक्रम गरि सम्पन्न गरिएको हो।

कार्यक्रममा नेपाली काङ्ग्रेस कृष्णपुर-२ का वडा सभापती रमेश राज भाटको सभाअध्यक्षता, प्रमुख अतिथी नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा धनगढी का निवर्तमान मेयर निर्प बहादुर ओड, विशिष्ट अतिथिमा कञ्चनपुर जिल्ला उपसभापति मीन बहादुर सिह, जिल्ला सचिव एवं कृष्णपुरका मेयर हेम राज ओझा, नेपाली काङ्ग्रेस नेत्री एवं कृष्णपुर नगर उप प्रमुख द्रोपती राना, नेपाली कांग्रेस कंचनपुरका पुर्व सह-सचिब महासमिति सदस्य नेता लेखराज जोशी, नेपाली काङ्ग्रेस नेता नवराज जोशी, युवा नेता कृष्णपुर-८ का वडा अध्यक्ष दिनेश खडका, कृष्णपुर-९ का वडा अध्यक्ष कैलाश बहादुर बलायर लगायत पार्टी संगठनका नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो।

नेपाली काङ्ग्रेस जनताको हितमा सधै काम गर्ने र जनताको आवश्यकता अनुसार चल्ने प्रमुख अतिथी निर्प बहादुर ओडले बताए। कृष्णपुरका जनताका समस्या सकेसम्म निवारण गर्नुका साथै विकासका सवालमा आफुहरु लागिरहेको जिल्ला सचिव एवं कृष्णपुरका मेयर हेम राज ओझाले बताएका छन्। नेपाली काङ्ग्रेस पार्टी सदैव परिवर्तनको पक्षमा रहेको ओझाले बताए।

कृष्णपुर-२ मा नेपाली काङ्ग्रेसले विविध अनियमितता का विसयमा आवाज उठाएको, जनताका पक्षमा नेपाली काङ्ग्रेस वडा टिम रहेको वडा सभापति रमेश राज भाटले बताएका छन्। गत स्थानीय चुनावमा हाम्रो विभिन्न खाले आन्तरिक मनमुटाव का कारणले वडा अध्यक्षका पराजित भयौ, हाम्रा ४ वटै सदस्य जिते, अब आउने चुनावमा कृष्णपुर-२ मा नेपाली काङ्ग्रेसको विकल्प नरहेको सभापति रमेश राज भाटले बताएका छन्। सभापति भाटले भने”वडा अध्यक्ष”मा अब जनताले हामीलाई निर्वाचित गराउछन।” वडामा हाम्रो पुरै टिम आउँछ,हामी ढुक्क छौ”।

कार्यक्रममा कृष्णपुर-२ का काङ्ग्रेस नेता उप-सभापति गोपाल भारतीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालक युवा नेपाली काङ्ग्रेसका नेता वडा सदस्य जित बहादुर चौधरी रहेका थिए।

Facebook Comments Box