कृष्णपुरमा सडक स्तरोन्नति हुदै; प्रत्येक वडामा पालिकाको ५ किलोमिटर सडक पानीपिच अभियान

कञ्चनपुर, माघ ७ – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आफ्नै श्रोत र साधन प्रयोग गरेर सडक स्तरोन्नतिको कार्य सुरु गरेको छ। नगरपालिकाको विभिन्न वडामा अवस्थित मुख्य सडक तथा टोलहरूका ग्राभेल, पानीपिच कार्य तीव्र रूपमा अघि बढाइएको छ।

नगरपालिकाले प्रत्येक वडामा ५ किलोमिटर सडक स्तरोन्नतिको कामको सुरुवात गरेको छ। गत बर्ष देखि हामीले सडक स्तरोन्नति पानीपिच अभियानको थालनी गरेका थियौ, यो बर्ष नि निरंतरता दिएको कृष्णपुरका नगर प्रमुखले हेम राज ओझाले बताएका छ्न्। “आफ्नै स्रोत साधनको प्रभावकारी प्रयोग गर्दै स्थानीयवासीका आवश्यकता पूरा गर्न हामी दृढ छौं। नगर प्रमुख ओझाले भने”; यातायात सहज र सुलभ बनाउनु हाम्रो प्राथमिकता हो।” नगरबासीको आवतजावतमा सहज गर्ने हाम्रो लक्ष्य छ। त्यसै अनुसार नगरपालिका अघि बढिरहेको छ।

सडक स्तरोन्नतिका लागि नगरपालिकाले आफ्ना प्राविधिक कर्मचारी परिचालन गरेको छ। यो पहलले न केवल सडक गुणस्तरमा सुधार ल्याउनेछ, आर्थिक पारिदर्शिता पनि हुन्छ मेयर ओझाले बताएका छन्।

कृष्णपुरमा हामीले सडक स्तरोन्नति पानीपिचलाई पाईलट प्रोजेक्टका रुपमा सुरुवात गरेको साथै स्थानीय वडाबासी नागरिक हरु समेत हर्षित रहेको वडा अध्यक्ष धर्म बहादुर सिहले बताएका छन्।

स्थानीयवासीले पनि यो पहलको खुलेर प्रशंसा गरेका छन्। वडानम्बर ४ की एक स्थानीय बासिन्दाले भने, “पहिले हिउँदमा धुलो र वर्षामा हिलोले हैरानी हुन्थ्यो। अब भने सडक राम्रो भएपछि दैनिक जीवन सहज हुने आशा बोकेका छौं।

आज कृष्णपुरका नगर प्रमुख, वडा नं. ४ का अध्यक्ष लगायतको उपस्थितिमा कृष्णपुर-४ मालुवेला टोलबाट पालिकाले पानीपिच कार्यको सुरुवात गरेको छ।

कृष्णपुर नगरपालिकाको यो अभियानले अन्य स्थानीय तहलाई पनि आफ्नै स्रोत साधन प्रयोग गरेर विकासमा ध्यान दिन प्रेरित गर्ने अपेक्षा राखेको छ।

Facebook Comments Box