कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ०२ बाणीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका अध्यनरत एक विद्यार्थी रेनुका सुनारले पाउनुपर्ने रु. ५०००/- (पाँच हजार) अपाङ्ग छात्रवृत्ति रकम विद्यालयका लेखापालले वितरण गरेको दाबी अभिलेख तयार पारेको तर हामीलाई शंका लागेर सामाजिक लेखा परीक्षणका क्रममा विधार्थीका अभिभावक संग बुझ्दा उनले नबुझेको भन्ने जानकारी दिई पछि आर्थिक अनियमितता मा सङ्लग्न कर्मचारी लाई विद्यालयको तर्फबाट प्रधानाध्यापक ले स्पष्टिकरण सोधिएको ,यस बिषयमा नगर प्रमुख लाई जानकारी गराइसकेको र बिद्यालय व्यवस्थापन समिति को बैठक बसि प्रचलित ऐन कानुन बमोजिम कानुनी कार्वाही गरिने विद्यालय व्यवस्थापन समिती अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।
“छात्रवृत्ति रकम गत आ.ब.को २०८० फागुन ०४ गते वितरण गरिएको तर मलाई कृष्णपुर नगरपालिका ले विशेष परिस्थितिमा अर्को व्यवस्था नहुन्जेल सम्मको लागि मिति २०८१ जेष्ठ १८ गते देखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष को जिम्मेवारी दिएकाले त्यसयता कुनैपनी आर्थिक अनियमितता नभएकाले कोहि पनि भ्रमित नहुन विनम्र अनुरोध गर्दछु। साथै सामाजिक परिक्षणको कार्य भइसकेको र केहिदिन भित्रै लेखापरीक्षण गरिसके पश्चात् छिट्टै अभिभावक भेला बोलाई सम्पूर्ण आर्थिक प्रतिवेदन अभिभावक समक्ष प्रस्तुत गरिने समेत जानकारी आफ्नो समाजिक सञ्जाल फेसबुकमा अध्यक्ष साउदले सार्वजनिक रुपमै जनाएका छन्।
