कञ्चनपुर: कृष्णपुर-२ वाणीको श्री सरस्वती मा.वि मा सिटिईभिटी अनुदान ३ लाख भेटनरी औषधि खरिदमा हालसालै गम्भीर अनियमितता देखिएको छ। स्थानीय पशुपालकलाई वितरण गरिएका औषधिहरू बिना म्याद (Expiry Date नभएका) फेला परेका छन्। यो घटनाले स्थानीय किसान र पशुपालकलाई चिन्तित बनाएको छ।
गम्भीर विषय यो हो कि औषधि छनोट र खरिद प्रक्रिया भेटनरी विज्ञको सल्लाह र मार्गदर्शनमा नभई अन्य क्षेत्रका शिक्षक वा असम्बन्धित व्यक्तिहरूको संलग्नतामा सम्पन्न भएको देखिएको छ। यसले औषधिको गुणस्तर र पशुको स्वास्थ्यमाथि गम्भीर प्रभाव पर्न सक्ने अवस्था सिर्जना गरेको छ।

कसरी भयो यो अनियमितता?
औषधि खरिदको जिम्मेवारी सामान्यतः प्राविधिक विज्ञहरूको टोलीले लिने गर्छ, जसले औषधिको गुणस्तर र म्यादको विशेष ध्यान दिन्छ। तर, यस पटक विज्ञहरूको सट्टा अन्य व्यक्तिहरूले प्रक्रिया सम्हालेको देखिन्छ। परिणामस्वरूप, बिना म्यादको औषधि खरिद गरिनुका साथै पशु स्वास्थ्यमा असर पर्ने खतरनाक औषधिहरू पनि वितरण भएका छन्। औषधि ३ लाखको हुनुपर्ने तर १ लाख बराबरको औषधि मात्र आएको सिटिईभिटिका कार्यक्रम संयोजक धिरेन्द्र ढुङ्गालाले बताएका छ्न। ३ वटा कोटेसन दर्ता नै नगरी व्यवस्थापन समिति अध्यक्ष को आडमा विद्यालयका सह प्रधानाध्यापकको नेतृत्वमा कमिसनका लागी आफ्ना निकटलाई औषधि खरिदको ठेक्का गराएको संयोजक ढुङ्गालको आरोप छ।

स्थानीय किसानहरू यस घटनाबाट आक्रोशित भएका छन्। उनीहरूका अनुसार, पशुहरूमा औषधिको प्रभावकारिता घटिरहेको छ, र कतिपय अवस्थामा स्वास्थ्य समस्या पनि देखिएको छ। “यो लापरवाहीले हाम्रो आर्थिक स्थितिलाई गम्भीर असर पुर्याउँछ,” एक स्थानीय किसानले भने।
सम्बन्धित निकायको जवाफदेहीता
यस घटनाको छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरिनुपर्ने स्थानीय अभिभावकहरुको माग रहेको छ। औषधि खरिदमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अध्ययन हुनुपर्न जनताको माग छ। भेटनरी विज्ञहरूलाई किन समावेश नगरियो भन्ने प्रश्न मा विद्यालयका प्रधानाध्यापक अम्बादत्त बड्डुले भने” मैले पटक पटक भेटनरी संयोजक सरलाई फोन गरेको छु तर उहाले व्यस्त छु भन्नुभयो, बाकि कुरा व्यवस्थापन समिति अध्यक्ष लाई थाहा होला, मैले म आईसकेपछी विद्यालयलाई १७ लाख नाफा हुने गरि काम गरेको छु, म अनियमितता मा संकलन छैन बाकीको म छानबिन गर्छु।” अनियमितता भएको छैन मैले विद्यालयको खातामा रकम हालेको छु, आम्दानी बाध्न गरेको, औषधि खरिदको रकम अन्य खर्च गर्न मिल्छ भन्ने हाम्रो प्रश्नमा”मिल्दैन तर औषधि प्रयाप्त हुने देखिएकाले हामीले यसो गरेका हौ, हामीबाट त्यो चाहिँ गल्ती भएकै हो, तर विद्यालयको हितका लागि गरेको प्रअ बड्डुले बताएका छन्। व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिह साउदले भने, औषधि नियम कानुन सम्बन्त नै गरेका हौ, कसरी भयो के भयो बुझ्छौ।”

यो घटनाले औषधि खरिद प्रक्रियामा पारदर्शिता र विशेषज्ञताको महत्व पुनः स्थापित गर्नुपर्छ भन्ने देखाएको छ। बिना म्यादका औषधि खरिद गर्नेहरूलाई कानूनी दायरामा ल्याउन र भविष्यमा यस्ता लापरवाही रोक्न स्पष्ट मापदण्ड बनाइनु अपरिहार्य छ।
पशु स्वास्थ्य र किसानहरूको जीवनसँग जोडिएको यस्तो संवेदनशील विषयमा लापरवाहीले गम्भीर परिणाम निम्त्याउन सक्ने हुँदा सरोकारवाला सबैले तत्काल ध्यान दिन आवश्यक छ।