कञ्चनपुर: कञ्चनपुरमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठनको अधिवेशनले पुन: मानबहादुर चन्दलाई अध्यक्ष चयन गरेको छ।
शनिबार जिल्लाको दक्षिणी भेग लालझाडी गाँउपालिकामा भएको निजामती कर्मचारी संगठन कञ्चनपुरको १२औँ जिल्ला अधिवेशनबाट समेत चन्द निर्बिरोध दोस्रो कार्यकालका लागि चयन भएका छन ।

उपाध्यक्ष दिनेशराज भट्ट, कमला जोशी, सचिव लाल बहादुर विष्ट, सह सचिव लोकराज पन्त चयन भएका छन । कोषाध्यक्षमा सन्तोष जोशी पनि दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन ।
सदस्य महेश खत्री, जिवन कुँवर, नरेन्द्रं चन्द, दिपेन्द्र बहादुर ओड, सुरेश पन्त, तुलसी बोगटी, राजेन्द्र खडायत, गोपाल भट्ट रहेका छन । यस्तै प्रदेश प्रतिनिधीमा लोकेन्द्रदेव भट्ट, शंकर बोगटी, महेश राज बडू, लोकेन्द्रदेव भट्ट, कृष्ण कार्की, महेश्वरी विष्ट र केन्द्रीय प्रतिनिधीमा मोहन ठगुन्ना, अर्जुन लाबड, राधिका पन्त, मनिराम पाण्डेय रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एमाले स्थायी कमिटि सदस्य एव पुर्वमन्त्री कर्ण बहादुर थापाले सरकार सफल र जनतालाई सेवा प्रदानका लागि निजामती कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको दोस्रो कार्यकालका लागि जिम्मेबारी पाएका अध्यक्ष मान बहादुर चन्दले जिल्लाका सरकारी कर्मचारीको हकहितका साथै संगठन बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा निजामती कर्मचारी सहित एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कमला बोहराले संगठनलाई अझ सशक्त बनाउँदै कर्मचारीहरूको हकहितका लागि क्रियाशील रहन सुझाव दिनुभयो। उहाँले संगठनले कर्मचारीहरूका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्दै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।
विशिष्ट अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य तारालामा तामाङले कार्यक्रमको सफलताका लागि बधाई दिँदै संगठनलाई आगामी दिनमा अझ बलियो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले उज्ज्वल भविष्यको कामना गर्दै संगठनका कार्यहरूलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारका कृषिमन्त्री वीरबहादुर थापाले निजामती कर्मचारीहरूको सेवामा सुधार ल्याउनु पर्ने आवश्यकता औँल्याउँदै संगठनले कर्मचारीहरूलाई सेवामुखी बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले जनतामा ‘निजामती कर्मचारीको सेवा उच्चस्तरीय र प्रभावकारी छ’ भन्ने विश्वास स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कमल खत्रीले संगठनलाई अनुशासन र एकतामा आधारित बनाउँदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले कर्मचारीहरूले संगठनलाई बलियो बनाउन सामूहिक रूपमा काम गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीका सचिव बल्लभराज भट्ट, जिल्ला सदस्य आरपी सार्की, पुनर्वास नगर कमिटीका अध्यक्ष रामसिंह विष्ट र लालझडी गाउँपालिकाका अध्यक्ष निर्मल रानालगायतको उपस्थिति रहेको थियो।
नव-निर्वाचित अध्यक्ष मानबहादुर चन्दले संगठनलाई अझ सशक्त बनाउँदै कर्मचारीहरूको हकहितका मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निजामती कर्मचारी संगठनका कञ्चनपुर जिल्ला उपाध्यक्ष दिनेशराज भट्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।