बेलौरीमा शहीद दिवसको अवसरमा नृत्य र नाटक प्रतियोगिता सम्पन्न

कञ्चनपुर/लाल बहादुर एस के – सोमबार शहीद दिवसको अवसरमा बेलौरी नगरपालिकामा नृत्य र नाटक प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बेलौरी नगरपालिकाका उपमेयर जोगरामा चौधरीको विशेष उपस्थिति रहेको थियो।

नृत्य प्रतियोगिता (कक्षा १-५):
नृत्य प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कूलले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। दोस्रो स्थानमा वात्सल्य विद्या निकेतन र तेस्रो स्थानमा लिटिल गार्डेन इङ्ग्लिश बोर्डिङ स्कूलले स्थान बनाएका छन्।

नाटक प्रतियोगिता (कक्षा ६-८):
नाटक प्रतियोगितामा शान्ति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। दोस्रो स्थानमा वात्सल्य विद्या निकेतन र तेस्रो स्थानमा लिटिल गार्डेन इङ्ग्लिश बोर्डिङ स्कूलले स्थान लिएका छन्।

कार्यक्रममा १५ विद्यालयले नाटकमा र २८ विद्यालयले नृत्यमा सहभागिता जनाएका थिए। सहभागी विद्यालयहरूलाई कार्यक्रम आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रमका विशिष्ट अतिथि बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले शहीदहरूको योगदानलाई सम्झिँदै विद्यार्थी भाइबहिनीहरूलाई शहीद दिवसको महत्त्वबारे केही महत्त्वपूर्ण भनाइ राखेका थिए।

त्यस्तै, कार्यक्रमका सभाध्यक्ष तथा बेलौरी नगरपालिकाका निमित्त शिक्षा शाखा प्रमुख अमित भट्टले आधारभूत तहका विद्यार्थीहरूका लागि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउँदै यस्ता गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास र सिर्जनात्मकतामा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिकाका शिक्षा शाखा कर्मचारी अशोक पाण्डेले गर्नुभएको थियो। कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन सहयोग पुर्याउने सम्पूर्णलाई आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ।

Facebook Comments Box