क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’ पुस्तक विमोचन

कञ्चनपुर, २४ माघ – क्याप्टेन वेद उप्रेतीले आफ्नो नयाँ उपन्यास ‘पायलट प्रेम’ सार्वजनिक गरेका छन्। महेन्द्रनगर म्युजियममा आयोजित कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले पुस्तक विमोचन गरे।

पाइलटको जीवनमा आधारित यो पुस्तक उप्रेतीले कोरोना महामारीका बेला इन्डोनेसियामा लेखेका थिए। वरिष्ठ समाजसेवी डा. कृष्णदत्त जोशीले उप्रेतीले मातृभूमिको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताए। यसअघि उनले ‘भू–स्वर्गको परिकल्पना: सुदूरपश्चिम नेपाल’ पुस्तक प्रकाशित गरेका थिए। कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वको उपस्थिति थियो।

Facebook Comments Box