विशाल सामुदायिक वनको १७औं वार्षिक सभा सम्पन्न

कञ्चनपुर: कृष्णपुर नगरपालिका–१, निगाली स्थित विशाल सामुदायिक वन उपभोक्ता समितिले आगामी आर्थिक वर्षका लागि विभिन्न प्रस्तावहरू पारित गर्दै १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बुधबार सम्पन्न सभामा आर्थिक वर्ष २०८०/८१ को झन्डै २३ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण पारित गरिएको छ।

सभामा समितिका अध्यक्ष सूचित्र शाहले आर्थिक वर्ष २०८१/८२ का लागि लगभग ६६ लाख रुपैयाँ बराबरका कार्यक्रमहरू प्रस्तुत गरेका थियो, जसलाई साधारण सभाले पारित गरेको छ। आगामी कार्यक्रमअन्तर्गत संकलन तथा बिक्री–वितरण गर्ने विधान संशोधन गर्ने, लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति गर्ने, स:मिल तथा फर्निचर उद्योग सञ्चालन गर्ने लगायतका विभिन्न प्रस्तावहरू पारित भएका छन्।

सामुदायिक वनको खण्ड नम्बर ३ मा १० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने र छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माण गर्ने प्रस्तावहरू पनि सभाले स्वीकृत गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर बस्नेतले सामुदायिक वनले संरक्षणका क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै काठ तस्करी तथा वन अतिक्रमण रोक्न सम्बन्धित निकायले गम्भीर कदम चाल्नुपर्नेमा जोड दिए।

सभामा सचिव सुरज महताले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थियो। वडा अध्यक्ष बस्नेतले सामुदायिक वनले काठको संकलन र वितरणसँगै वन संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने सुझाव दिए। कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि र उपभोक्ताहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमका सञ्चालक भरत बहादुर थापा रहेका थिए।

Facebook Comments Box