कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ को ठूलो बजार वाणी बजार व्यवस्थापन समितिको अध्यक्ष मा युवा व्यवसायी एवं समाजसेवी मनोज भट्ट सहित १३ सदस्यीय समिती चयन भएको छ ।
आज आमभेला बाट भट्ट सर्वसम्मत चयन भएका हुन् । अब वाणी बजार लाई व्यवस्थित ढंगले अघि बढाउने अध्यक्ष भट्टको भनाई रहेको छ। बजार क्षेत्रमा विगतमा हुने गरेका समस्या अब आफू अध्यक्ष भएर हटाउने र बजार व्यवस्थापन लाई स्थानिय सरकार संग समन्वय गरि अघि बढाउने अध्यक्ष भट्टले बताएका छन् । वाणी बजारका व्यापारीहरु,अहिले केही गर्नसक्छु भन्ने हुटहुटी भएको युवाले बजारको नेतृत्व पाउँदा निकै उत्साहित र आशावादी रहेका छन् ।
अध्यक्ष भट्टले भने” वाणी बजार क्षेत्रमा रहेको विद्युतको समस्या ले व्यापारीहरुलाई परेको अप्ठ्यारो आफुले बुझेको र संबंधित निकाय संग समन्वय गरेर ट्रान्समिटर थप्ने योजना यथाशीघ्र अघि सारेर समस्या हटाउने बताएका छन् ।