कञ्चनपुरको वाणीमा यु-१७ क्रिकेट प्रतियोगिता हुँदै

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा जेरोज युनाइटेड क्लबको आयोजनामा यु-१७ क्रिकेट प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरुले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्कसहित फागुन २ गते साँझ ७ बजेभित्र दर्ता गराउनुपर्ने छ।

प्रतियोगिता फागुन ३ गते शनिबार सरस्वती माध्यमिक विद्यालय वाणीको प्राङ्गणमा सुरु हुनेछ। विजेता टिमले ४ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछ। खेल संयोजक टेक जोशीले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन गर्नेछन्। सम्पर्कका लागि मोबाइल नम्बर ९७४६२६४८०८ मा सम्पर्क गर्न सकिनेछ।

खेलका नियमहरूमा एल.बी.डब्ल्युलाई बाहेक अन्य आइ.सी.सी.का सबै नियमहरू लागू हुनेछन्। खेल सञ्चालनका क्रममा कुनै पनि टिमले गालीगलौज वा अभद्र व्यवहार गरेमा ५० रुपैयाँ जरिवाना तिराउन सकिने आयोजकले जनाएको छ।

यसबाहेक, प्रत्येक खेलाडीले आफ्नो जन्मदर्ताको प्रमाण साथमा अनिवार्य रूपमा ल्याउनु पर्नेछ। प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन आयोजक क्लबले विशेष पहल गरिरहेको छ।

Facebook Comments Box