कृष्णपुर र लालझाडीमा मनाईयो ३०औं जनयुद्ध दिवस

कञ्चनपुर: कृष्णपुर नगरपालिका वार्ड नं ३ र लालझाडी गाउँपालिका वार्ड नं ५ को नन्द माध्यमिक चोक नजिक ३०औं जनयुद्ध दिवस मोमबत्ती बालेर भव्य रूपमा मनाइएको छ। कार्यक्रम कृष्णपुर नगरपालिका वार्ड नं ३ का पार्टी अध्यक्ष केसब बमले सञ्चालन गरेका थिए भने अध्यक्षता लालझाडी गाउँपालिका वार्ड नं ५ का अध्यक्ष कल्याणसिंह धामीले गरेका थिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोबिन्द बिक र प्रदेश कमिटी सचिवालय सदस्य खेमराज ओझाले शुभकामना मन्तव्य राखेका थिए। साथै, कृष्णपुर नगर इन्चार्ज दिपक खत्री, प्रदेश कमिटी सदस्य बलराम पन्त, जिल्ला सदस्य जनक जोशी, जगनाथ केसी, नगर पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नाराजुलुससहित जनयुद्ध दिवसको ऐतिहासिक महत्त्वबारे चर्चा गरिएको थियो। यसै क्रममा कृष्णपुर नगर कमिटीले गुलरिया क्षेत्रमा समेत दिप प्रज्वलन गरी जनयुद्ध दिवस मनाएको जनाइएको छ। नगर इन्चार्ज दीपक खत्री ‘निर्माण’का अनुसार कृष्णपुर नगरपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रमहरू आयोजना गरियो।

उक्त कार्यक्रम जनयुद्ध दिवसको योगदान र जनताको बलिदानलाई सम्झनाका साथै समाजको रूपान्तरणका लागि महत्वपूर्ण प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

Facebook Comments Box