कृष्णपुरको रोजी स्कुलमा दुई तले भवनको शिलान्यास

कञ्चनपुर: कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ बंकमा रहेको श्री रोजी एक्सक्लुसिभ ईङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा नयाँ भवनको शिलान्यास गरिएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा विद्यालयका संस्थापक प्रकाश पाण्डेयले पन्ध्र कोठे दुई तले पक्की भवनको शिलान्यास गरेका हुन्।

शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव राज पन्त, प्रिन्सिपल मदन सिह भण्डारी, सह-प्रिन्सिपल पुष्कर बहादुर बम, पिटिए अध्यक्ष लक्ष्मी दत्त जोशी, अभिभावक कमल जोशी लगायत विद्यालयका शिक्षक र शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

श्री रोजी स्कुल २०५४ सालमा स्थापना भएको हो र हाल कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा ९ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्। विद्यालयले भौतिक संरचना विस्तारसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न तथा विद्यार्थीको संख्यामा वृद्धि गर्न योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी विद्यालयका संस्थापक पाण्डेयले दिएका छन्।

विद्यालयका प्रिन्सिपल मदन सिह भण्डारीका अनुसार नयाँ भवनको निर्माणले विद्यार्थीहरुको अध्ययनमा थप सहजता प्रदान गर्नुका साथै शैक्षिक गतिविधिहरु अझ प्रभावकारी हुने विश्वास लिइएको छ। सुविधा सम्पन्न भवन निर्माणले विद्यालयको भौतिक संरचनामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।

 

विद्यालय परिवारले नयाँ संरचनाको निर्माणमार्फत शैक्षिक गुणस्तरमा सुधार ल्याउने लक्ष्य राखेको छ भने अभिभावक तथा स्थानिय समुदायले पनि यो पहलप्रति समर्थन जनाएका छन्।

रोजी स्कुलको यो नयाँ भवनले विद्यार्थीहरुलाई सुरक्षित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने समेत प्रिन्सिपल भण्डारीले बताएका छन्।

Facebook Comments Box