दिपेन्द्र स्मृति सामुदायिकको १७औं वार्षिक सभा सम्पन्न

कञ्चनपुर: कृष्णपुर-१,२ बंक मोतिपुर मा रहेको श्री दिपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा शनिबार विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।

साधारण सभा सामुदायिक वनका अध्यक्ष पूर्णबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा वडा नम्बर २ का सदस्य राजेन्द्रबहादुर सिंह र सब डिभिजन वन कार्यालय बाणीका अधिकृत भरतप्रसाद शाह विशिष्ट अतिथि रहेका थिए।

वडा सदस्य सिंहले सामुदायिक वनले वन तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। भरतप्रसाद शाहले शुभकामना मन्तव्य दिँदै वन संरक्षणमा उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुने र सहकार्य आवश्यक पर्ने बताए।

साधारण सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति थियो। कार्यक्रममा सामुदायिक वनले गत आर्थिक वर्षको ४७ लाख ७३ हजार रूपैयाँको आयव्यय प्रस्तुत गर्‍यो। आगामी आर्थिक वर्षमा ६६ लाख रूपैयाँभन्दा बढीको अनुमानित आयसहितको बजेट प्रस्ताव गरिएको छ।

साधारण सभाले विभिन्न आयआर्जनमूलक तथा सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने, साथै वातावरण संरक्षणका योजनाहरू कार्यान्वयन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको अध्यक्ष चन्दले बताएका छन्। कार्यक्रम सञ्चालक दिपेन्द्र बमले गरेका थिए।

Facebook Comments Box