कृष्णपुरको वाणीमा मोटरसाइकल चोरी, सीसीटीभी मर्मतमा लापरबाहीले अपराध बढ्यो

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा गएराति घर आगनमै राखेको मोटरसाइकल चोरी भएको छ। सु.प.प्र ०२ ००३ प ७७३५ नम्बरको यामाहा एफजेड मोडलको मोटरसाइकल शनिबार राति ११ बजे देखि ३ बजे को बीचमा चोरी भएको हुनसक्ने मोटरसाइकल धनी धिरेन्द्र कुवरले जानकारी दिएका छन्।

महेन्द्रनगरका कुवर हाल वाणीस्थित समसेर सिंह बिष्टको घरमा डेरामा बस्दै आएका छन् र सनलाइट पब्लिक स्कूलमा शिक्षकको रूपमा कार्यरत छन्।

वाणी क्षेत्रमा पछिल्लो केही महिनामा यो तेस्रो मोटरसाइकल चोरीको घटना हो, जसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ।

सीसीटीभी मर्मतमा गम्भीर लापरबाही

वाणीको मुख्य चोकमा जडित २० वटा सीसीटीभी क्यामरा एक वर्षभन्दा लामो समयदेखि बिग्रिएका छन्। स्थानीयको गुनासो अनुसार क्यामरा मर्मत नगरेका कारण अपराध अनुसन्धानमा कठिनाइ भइरहेको छ। प्रहरीका अनुसार क्यामराको अभावले घटनाको न्यूनीकरणमा समेत समस्या भएको छ।

खबर गर्नेहरूलाई पुरस्कारको व्यवस्था

मोटरसाइकल धनी कुवरले चोरीको खबर दिनेलाई उचित पुरस्कार दिने बताएका छन्। घटना वा चोरीको विषयमा जानकारी हुनेले ९८४१२२८६९९ मा सम्पर्क गर्न सक्नेछन्।

स्थानीयहरूले शीघ्र क्यामरा मर्मतको माग गर्दै चोरीका घटनालाई नियन्त्रणमा लिन स्थानीय सरकारसँग कडा कदम उठाउन अपिल गरेका छन्।

Facebook Comments Box