कञ्चनपुर: कृष्णपुर–२ वाणी मा बालबालिकामाथि हुने अनलाइन हिंसा र साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ। साथी संस्थाको आयोजनामा आयोजित वडा स्तरीय बाल क्लबका अध्यक्ष टेक जोशीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रम कृष्णपुर–२ वडा सभाहलमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ताहरूमा समाजिक परिचालक कमल प्रसाद जोशी र मिना रावल तथा मनोविमर्शकर्ता राजमति भट्ट रहेका थिए। उनीहरूले बालबालिकाले अनलाइन प्लेटफर्मको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षाका उपाय, अनलाइन हिंसाका प्रकारहरू र तिनीहरूबाट जोगिने तरिकाहरूबारे प्रशिक्षण प्रदान गरे।

वक्ताहरूले अनलाइन हिंसाका सम्भावित खतराहरूबाट सचेत रहनुका साथै साइबर सुरक्षा प्रविधिहरूको प्रयोगमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। बालबालिकालाई अनलाइन जोखिमबारे शिक्षित बनाउन यस्ता कार्यक्रम निरन्तर आयोजना गरिनुपर्नेमा सबै सहभागीहरूले जोड दिए।
कार्यक्रममा उज्यालो बाल क्लबका सदस्यहरू, अभिभावकहरू र विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमले बालबालिकालाई अनलाइन सुरक्षाबारे थप जागरूक गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।