कृष्णपुरमा ७५ औं प्रजातन्त्र दिवस भव्य रूपमा मनाईयो

कञ्चनपुर: कृष्णपुर न.पा -२, वाणीमा युथ फर सोसाइटी नेपालले ७५ औं प्रजातन्त्र दिवस भव्य रूपमा मनाएको छ। कार्यक्रमको सभाध्यक्षता संस्थापक उपाध्यक्ष केशव नाथ “करन”ले गरेका थिए।

कार्यक्रममा युथ फर सोसाइटीका अध्यक्ष नवीन बिष्ट, महासचिव हेम राज पन्त “हिमेश”, कोषाध्यक्ष बिरेन्द्र बम लगायत प्रमुख पदाधिकारीहरूको उपस्थिति थियो। यसका साथै जय महाकाल युवा समूह कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष हर्क बहादुर बोहरा, उपाध्यक्ष शंकर बिष्ट, महासचिव हिक्मत भण्डारी “हाकु” र कोषाध्यक्ष रोशन बोहरा पनि सहभागी भएका थिए।

कार्यक्रम सञ्चालकको भूमिकामा संस्थाका शुभेच्छुक राजेन्द्र गिरी “पुन्टु” रहेका थिए। दीप प्रज्वलन, प्रजातन्त्रको इतिहासबारे छलफल, जनताको वर्तमान अवस्था, र प्रजातन्त्रलाई कसरी सबलीकरण गर्न सकिन्छ भन्ने विषयमा सामाजिक अभियन्ताहरू बीच विचार-विमर्श गरिएको थियो। सभापति नाथले युवाहरूले सामाजिक सचेतना अभियानमार्फत समाज र जनतामा चेतना फैलाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

Facebook Comments Box