रोजी एक्सक्लुसिभ स्कुलले मनायो २७ औ वार्षिकोत्सब

कृष्णपुर, सुनिल ऐर फागुन १२: कञ्कृष्णपुर-२ बंकमा रहेको श्री रोजी एक्सक्लुसिभ इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले सोमबार आफ्नो २७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो।

कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज पन्त रहेका थिए भने प्रमुख अतिथि कृष्णपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख अनिता ठगुन्ना रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा स्रोत शिक्षक गणेश बहादुर चन्द, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालयका संस्थापक सञ्चालक समिती अध्यक्ष प्रकाश बहादुर पाण्डे, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

विद्यालयले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान, सांस्कृतिक कार्यक्रम, नाटक, नृत्य लगायतका कार्यक्रम आयोजना गरेको थियो। विद्यार्थीहरूले नृत्य, गायन, नाटक तथा विभिन्न कलात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

विद्यालयका प्रिन्सिपल मदनसिंह भण्डारी का अनुसार हाल रोजी स्कुलमा ९ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले शैक्षिक र भौतिक सुधार गर्दै उत्पादकमुखी विद्यार्थी उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन्। विद्यालयले गुणस्तरीय शिक्षा, नवीनतम प्रविधिको प्रयोग, तथा व्यक्तित्व विकास मा जोड दिँदै आइरहेको छ। यसै बर्ष एन प्याव्सन कञ्चनपुर जिल्ला स्तरीय खेलकुदमा समेत रोजी प्रथम भएको समेत प्रिन्सिपल भण्डारीले बताए।

विद्यालयका संस्थापक प्रकाश बहादुर पाण्डे ले विगत २७ वर्षको निरन्तर शिक्षण यात्रा स्मरण गर्दै विद्यालयलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। अभिभावकहरूले पनि विद्यालयको शैक्षिक सुधारप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा अझ बढी उपलब्धिमूलक गतिविधिहरू सञ्चालन गर्न सुझाव दिएका थिए।

कार्यक्रमको समापनमा विद्यालयका अध्यक्ष शिवराज पन्त ले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी शिक्षण सिकाइका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

रोजी स्कुलको वार्षिकोत्सव भव्य र उत्साहजनक रूपमा मनाईएको विद्यालय परिवारले जनाएको छ।

Facebook Comments Box