कैलालीका पत्रकार सुरज राना विद्यालयबाट सम्मानित

धनगढी, कैलाली – धनगढी-७, भानुचोकस्थित पशुपति शिक्षा मन्दिर विद्यालयले आफ्नो २१औं वार्षिकोत्सव तथा अभिभावक समारोहको अवसरमा विद्यालयका पूर्व छात्र एवं पत्रकार सुरज रानालाई सम्मान गरेको छ।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै विद्यालय प्रशासनले उनलाई सम्मानपत्र प्रदान गरेको हो।

समारोहका प्रमुख अतिथि सामाजिक विकास समितिका सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक रहेका थिए। विशिष्ट अतिथिका रूपमा धनगढी-७ का वडा अध्यक्ष मोति राना उपस्थित थिए भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर सापकोटाको सभाध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले धार्मिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै, उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै समाजसेवीहरूलाई पनि सम्मान गरिएको थियो।

Facebook Comments Box