कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नम्बर १ पहरिया मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ५२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। मंगलबार आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल क्षेत्रीको सभापतित्व रहेको थियो भने कृष्णपुरका नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथि रहेका थिए।
नगर प्रमुख हेमराज ओझाले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नगरपालिका सधैँ सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए। कृष्णपुर नगरपालिकाले शिक्षामा विशेष सुधार ल्याउन खोजेको, त्यसमा सबैले हातेमालो गर्न समेत प्रमुख ओझाले बताए।

राष्ट्रिय वडा नं. १ को ईतिहास बोकेको विद्यालय हो, उत्कृष्ट उत्पादन गरिरहेको साथै अब्बल विद्यार्थी उत्पादन भईरहेको नमुना विद्यालय रहेको वडा बाट हुनसक्ने सहयोग गर्न सदैव तयार रहेको विशिष्ट वडा अध्यक्ष मोहन बहादुर बस्नेतले बताएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल क्षेत्रीले विज्ञान तथा प्रविधिसहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। उनले विद्यालयको विकासका लागि समुदाय र सरोकारवालाको सहयोग आवश्यक रहेको धारणा राखे, विद्यार्थी पढेर मात्रै नसिक्ने हेरेर बुझेर सिक्ने बताए, त्यसकारण भ्रमण लगिएको बताए। देशका उत्कृष्ट विद्यालय अबलोकन गरेको बताए।
हाल विद्यालयमा ५७६ विद्यार्थी संख्या रहेको कक्षा १२ सम्म पठनपाठन गरिने, कक्षा ५ सम्म र ९,१० मा अङ्ग्रेजी माध्यम बाट पठनपाठन हुने अब देखि राष्ट्रिय मा.वि आधुनिक ढंगले प्रविधिको प्रयोग संगै पठनपाठनमा जोड दिने विद्यालयका प्रधानाध्यापक गणेश दत्त शर्मा ले बताएका छन्।
विद्यालयले वार्षिकोत्सवकै अवसरमा वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरेको थियो। आर्थिक वर्ष २०८०/८१ मा विद्यालयको सरकारी कोषमा १ करोड ३७ लाख ४३ हजार २ सय ३ रुपैयाँ ७६ पैसा तथा आन्तरिक कोषमा २२ लाख १६ हजार ६२५ रुपैयाँ रहेको विवरण सार्वजनिक गरिएको छ।
विद्यालय परिवारका अनुसार ५२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरिएको छ र आगामी दिनमा शिक्षालाई अझ गुणस्तरीय बनाउन आधुनिक प्रविधिको प्रयोगसहित थप सुधार गरिनेछ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालयका लेखापाल शिक्षक हुकुम बहादुर बोहरा र शिक्षिका पूजा बिष्टले सञ्चालन गरेका थिए।