सुनिल ऐर/कञ्चनपुर: आज कञ्चन बहुमुखी क्याम्पसमा विभिन्न संकायका लागि आवश्यक पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम क्याम्पस प्रशासन, नेपाल विद्यार्थी संघ विशेष पहलमा सम्पन्न भएको हो।
उक्त अवसरमा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा को जन्मदिनको अवसर पारेर पुस्तक हस्तान्तरण गरिएको हो। नगर प्रमुख ओझा ज्युले शैक्षिक क्षेत्रमा पुस्तकालयको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग र निरन्तर योगदान रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख, नेपाल विद्यार्थी संघका प्रतिनिधि, विद्यार्थी तथा प्राध्यापकज्यूहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो पहलले विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धानमा ठूलो सहायता पुग्ने विश्वास व्यक्त गरिएको छ।