कृष्णपुरको वाणीमा प्रहरीको सक्रियताले बेवारिसे मोटरसाइकल सवारी धनीलाई फिर्ता

गणेश बिष्ट/कञ्चनपुर: कृष्णपुरको वाणीमा प्रहरीको सक्रियताले बेवारिसे भेटिएको मोटरसाइकल सवारी धनिलाई फिर्ता गरिएको छ। अस्थायी प्रहरी पोष्ट वाणी का प्रमुख प्रहरी सहायक निरीक्षक(असई) जित सिंह महरा को नेतृत्वको प्रहरी टिमले शुक्रवार मोटरसाइकल फेला पारेको हो। गोदावरी नगरपालिका लोत्से गल्ली, वडा नं. २ का युवराज खत्रीको मोटरसाइकल चोरी भएको घटनामा प्रहरी अनुसन्धान जारी छ। उक्त मोटरसाइकल प्रहरीले बेबारिसे अवस्थामा फेला पारेको हो। फेलापारेको मोटरसाइकल प्रहरीले मोटरसाइकल सवारी धनिलाई बुझाएको अस्थायी प्रहरी पोष्ट वाणीका प्रमुख महराले बताएका छन्। बेवारिसे अवस्थामा फेला पारेको मोटरसाइकल सवारी धनिले लाईसेन्स बुलुबुक देखाएपछि हामीले मोटरसाइकल बुझायो, प्रमुख महराले भने”,।

चार दिनअघि राति १ बजेदेखि ४ बजेको बीचमा घरको कम्पाउन्डभित्र हेन्डल लक गरिएको अवस्थामा रहेको मोटरसाइकल चोरी भएको थियो। बिहान ५ बजे मात्र सवारी धनीले मोटरसाइकल हराएको थाहा पाए।

घटना सार्वजनिक भएपछि खत्रीले अस्थायी प्रहरी विट बाणीमा मोटरसाइकल खोजीका लागि निवेदन दिएका छन्। इ.एन नेपालले प्रहरीसँग समन्वय गरी सवारी धनीलाई आवश्यक सहजीकरण गरेको छ।

अस्थायी प्रहरी पोष्ट बाणीका अनुसार चोरीको घटनाबारे अनुसन्धान भइरहेको छ तर हालसम्म अनुसन्धानको घेरामा कुनै संलग्न व्यक्ति आएको छैन।

मोटरसाइकल फेला पार्न प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। इ.एन नेपालले प्रहरीसँग समन्वय गरी सवारी धनीलाई सहजीकरण गरेपछि खत्रीले प्रहरी र इ.एन नेपाल परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्।

Facebook Comments Box