प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन सुदुरपश्चिम प्रदेश अध्यक्षमा कलौनी सर्वसम्मत चयन

कञ्चनपुर: इन्जिनियरहरूको साझा मञ्च प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार धनगढीमा सम्पन्न पिनको तेस्रो प्रदेश अधिवेशनले चुडामणी कलौनीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।

अध्यक्ष कलौनीको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा सचिवमा दीपक उपाध्याय, उपाध्यक्षमा हिक्मत बहादुर चौधरी, सहसचिवमा योगेश प्रताप कुवँर र कोषाध्यक्षमा स्मारिका बम सर्वसम्मत रूपमा चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै सदस्यहरू चयन भएका छन्। सदस्य पदमा प्रयागराज जैशी, प्रमोद सिंह मन्याल, बिरेन्द्र सिंह बडाल, हिक्मत रावल, विशाल रावल, मानबहादुर साँउद, पवन कठायत, हरकेश धामी, योगेन्द्र वि.क, विनोद चौधरी, प्रेम पुरी, तिर्थ साँउद, खगेन्द्र जोशी र तरुण मट्ट सर्वसम्मत रूपमा चयन भएका हुन्।

अधिवेशनले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लागि इन्चार्जहरू समेत तोकेको छ। जिल्लागत रूपमा इन्चार्जहरू निम्नानुसार रहेका छन्—->

– कैलाली: प्रेम पुरी
– कञ्चनपुर: तरूण भट्ट
– अछाम: योगेन्द्र वि.क
– डडेल्धुरा: हरकेश धामी
– डोटी: पवन कठायत
– बैतडी: मानबहादुर साँउद
– बझाङ: हिक्मत रावल
– दार्चुला: बिरेन्द्र सिंह बडाल
– बाजुरा: प्रयागराज जैशी

इन्चार्जहरूको यो व्यवस्थापनले प्रदेशभरिका इन्जिनियरहरूको समन्वय र एकताको सन्देश फैलाएको छ।अधिवेशनको उद्घाटन सत्र नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सचिव रणबहादुर चन्दको विशिष्ट उपस्थिति रहेको थियो।

सुदूरपश्चिम इन्चार्ज पवन रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्जिनियरहरूको सहभागिता उल्लेखनीय रहेको थियो। कार्यक्रममा संगठनको भावी रणनीति र प्रदेशभरिका इन्जिनियरहरूको एकता सुदृढ पार्न आवश्यक उपायहरूमा छलफल भयो।

अध्यक्षमा चयन भएपछि चुडामणी कलौनीले सुदूरपश्चिम प्रदेशका इन्जिनियरहरूको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “सुदूरपश्चिमका इन्जिनियरहरूको हक र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि संगठन एकताबद्ध भएर अघि बढ्नेछ।”

कार्यक्रममा सहभागि इन्जिनियरहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संगठनलाई अझ सशक्त बनाउनेमा जोड दिएका थिए।

अधिवेशनमा सहभागी इन्जिनियरहरूले संगठनको भूमिकालाई थप प्रभावकारी बनाउन नयाँ नेतृत्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे। कार्यक्रमको आकर्षक व्यवस्थापन र सर्वसम्मत निर्णयहरूले संगठनभित्रको एकता र सहकार्यको झल्को दिएको छ।

सुदूरपश्चिम प्रदेशमा इन्जिनियरहरूको एकताबद्ध मञ्चको रूपमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को यो नयाँ कार्यसमिति आगामी दिनमा प्रदेशका विकास र प्राविधिक क्षमतामा योगदान पुर्याउने विश्वास गरिएको छ।

Facebook Comments Box