ग्वालावारी सामुदायिक वन अध्यक्षमा भारती सर्वसम्मत

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ स्थित ग्वालावारी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा गोपाल भारती सर्वसम्मत निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट भारती अध्यक्षमा निर्वाचित भएका हुन्। समितिको अध्यक्ष पदका लागि यज्ञराज पन्त, किशोर सिंह धामी, लोकेन्द्र नाथ र गणेशदत्त जोशीले दाबी गरे पनि अन्ततः सर्वसम्मत रूपमा भारतीलाई समर्थन जनाएका थिए।

ग्वालावारी सामुदायिक वनका पूर्वअध्यक्ष अम्मर देउवाले माघ ८ गते राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको थियो।

समितिको अन्य पदाधिकारी भने यथावत् रहेका छन्। उपाध्यक्षमा प्रकाश नाथ योगी, सचिवमा महेश्वरी कुमारी नाथ, कोषाध्यक्षमा नारन्ती चन्द निरन्तरता पाएका छन्।

त्यस्तै, समितिको सदस्यहरूमा सुरज नाथ, पुष्पादेवी नाथ, चन्द्रा कुमारी नाथ, देबुकला महता, कृष्णा बिक, दिपक बिसी, बिष्ना भण्डारी, सिताराम चौधरी र कलावती धामी चयन भएका छन्।

Facebook Comments Box