नन्द मा. वि को क्रेज बढ्दो; आफ्ना नानीबाबूलाई भर्ना गर्दै वडा अध्यक्ष देखि सरकारी कर्मचारी

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुलीमा रहेको सामुदायिक विद्यालय श्री नन्द माध्यामिक विद्यालय मा भर्ना कार्यक्रम तीब्र चलिरहेको छ। विद्यालयको शैक्षिक सुधार भएसंगै कृष्णपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष खेम चौधरी ले आफ्ना नानीबाबुलाई विद्यालय मा भर्ना गराएका छन् ।

त्यसैगरी उक्त स्कुलका शिक्षक भुवन पन्त , समाजसेवी प्रेम चौधरी, जुग्गन चौधरी लगायतले बोर्डिङ स्कुलमा पढाउदै आएका आफ्ना नानीबाबुहरु लाई सरकारी विद्यालय मा भर्ना गरेका छन् । सरकारी/सार्बजनिक पेशामा आवद्ध रहेका व्यक्तिहरुले यसैगरी सार्वजनीक शिक्षालाई प्रोत्साहन गर्न आफ्ना नानीबाबुहरुलाई भर्ना गरिदिए राम्रो हुने नन्द मा. वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खत्री “निर्माण”ले बताएका छन् ।

सामुदायिक विद्यालयमा अरु अभिभावकहरुले पनि आफ्ना नानीबाबुहरुलाई यसैगरी भर्ना गर्न र यो विद्यालयलाई कृष्णपुर कै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापन का लागि हातेमालो गर्ने वडा नं. ३ का अध्यक्ष खेम चौधरीले सम्पुर्ण वडाबासीहरुमा अनुरोध गरेका छन् ।

Facebook Comments Box