कञ्चनपुर: कञ्चनपुरका क्रियाशील पत्रकारहरूले होली पर्व खेलेर संकलन गरेको रकम बिरामी पत्रकारहरूको उपचार सहयोगका लागि प्रदान गरेका छन्।
जिल्लाका क्रियाशील पत्रकारहरूले होली पर्वको अवसरमा रंग खेली संकलित रकमबाट पत्रकार डिल्लीराज पन्त, सुजित रमेश सिनाल, माधव पौडेल र कृष्णदत्त जोशीलाई जनही ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।


क्रियाशील पत्रकारका सदस्य भाष्कर केसीका अनुसार संकलित रकम बिरामी पत्रकारहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो। उनले भने, “गत वर्ष पनि होली खेलेर संकलित रकमबाट अनाथालयमा सहयोग गरेका थियौं। यस वर्ष बिरामी पत्रकारहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ।”
सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार राजेन्द्र विष्ट, भाष्कर केसी, प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुणप्रशाद भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, पत्रकार पहिलाद रानालगायतको उपस्थिति रहेको थियो।
