लालझाडीको भम्कापट्टीमा आगलागी हुँदा जले तीन गोठ

देखतभुली: कञ्चनपुरको लालझाडी गाउँपालिका ५ स्थित भम्कापट्टी गाउँमा बिहिवार दिउँसो ठूलो आगलागी भएको छ। अचानक भएको आगलागीले गर्दा स्थानीय किसानका तीन वटा गोठ जलेका छन्। आगलागीले गर्दा स्थानीयका गोठमा राखेका पशु आहार(पराल, भुसा, घाँस), पशु चौपाया र गोठका काठमा क्षती पुगेको वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापाले बताएका छन्।

लालझाडी-५ भम्कापट्टीका छल्ली राना, श्रीकृष्ण राना र मेहेलाल रानाको गोठमा आगलागी भएको तर आगलागीको यथार्थ कारण नखुलेको प्रहरी अनुसन्धान जारी रहने अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ।

स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगमा दमकल को सहायताले आगलागी नियन्त्रणमा लिइएको भए पनि आगलागी बाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

Facebook Comments Box