कञ्चनपुर: संयुक्त राष्ट्र संघ, आर्थिक र सामाजिक मामिला विभाग को आयोजनामा अप्रिल २५ देखि २८ गते सेनेगल को राजधानी डकार मा हुन गईरहेको अन्तर्राष्ट्रिय मेयर फोरम मा सहभागी हुन कृष्णपुर नगर पालिका का नगर प्रमुख हेमराज ओझा र धनगढी उप महानगरपालिका का नगर प्रमुख गोपाल हमाल द्वयले आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
कार्यक्रममा संसारका विभिन्न देशका मेयर हरु सहभागी हुने छन् । विदेशका कार्यक्रममा सहभागी भएर पालिका को विकास गर्ने भिजन बुझिने कृष्णपुरका नगर प्रमुख ओझाले बताएका छन् ।
कार्यक्रमको सम्पुर्ण खर्च यु.एन.सि.आर.डी सस्थाले व्यवस्थापन गर्ने कृष्णपुर नगर प्रमुखको सचिवालयले जनाएको छ।