तीनकुने आगजनीमा पत्रकार सुरेश रजकको दुःखद निधन

काठमाडौं: राजधानीको तीनकुनेस्थित एक भवनमा आगजनी हुँदा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन भएको छ।राजावादी समर्थन प्रदर्शनकारीले उक्त भवनमा आगो लगाउँदा रजक जलेर मृत्यु भएका हुन्।

रजक उक्त भवनको छतबाट दृश्य खिच्ने क्रममा आगलागीमा परेका थिए। प्रदर्शनकारीहरूले प्रहरी बसेको आरोप लगाउँदै भवनमा आगजनी गरेका थिए, जसका कारण उनी जिउँदै जलेका थिए।

आगलागीपछि घटनास्थलबाट उनको जलेको शव फेला परेको छ। प्रहरीका अनुसार शव नचिनिने अवस्थामा भेटिएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले टोली परिचालन गरिसकेको छ। प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि प्रदर्शनकारीहरूले मार्बल हाउसमा आगजनी गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box