कृष्णपुरमा सडक कालोपत्रे अलपत्र; स्थानीय आन्दोलित

कञ्चनपुर: कृष्णपुर नगरपालिकामा सडक कालोपत्रे कार्यमा भइरहेको ढिलासुस्तीविरुद्ध स्थानीयवासीहरु आन्दोलित भएका छन्। विगतमा सम्झैता पटक पटक थप गर्दा समेत ठेकेदारले सडक कालोपत्रेको काम सुरु गरेको छैन। निर्माण कार्यमा व्यापक ढिलासुस्तीले गर्दा जनजीवन प्रभावित भएको भन्दै आज बिहान स्थानीयहरुले सांकेतिक रूपमा दुई घण्टा सडक अबरुद्ध गरेका छन्।

कृष्णपुर नगरपालिका वडा नं. १ र २ जोड्ने बंक, बण्ड, निगाली, पहरिया, नाईल बुडर सडक खण्ड लामो समयदेखि सडक कालोपत्रे हुन सकेको छैन। पुर्वाधार विकास कार्यालय महेन्द्रनगर द्वारा सन्तोषी थेगिम जिवि संग ठेक्का सम्झौता भएको तर हाल सम्म पनि सडक कालोपत्रे हुन सकेको छैन। सडक निर्माणमा व्यापक ढिलासुस्ती भएको भन्दै फागुन १८ गते कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउदले समेत सडक आन्दोलन गरे, अध्यक्ष साउदले अस्थायी वडा कार्यालय सडकमै बनाए, सडक बाटै सेवा दिए, ठेकेदारले चैत २१ गते देखि सडक कालोपत्रेको काम सुचारु गर्छु भन्ने लेखित प्रतिबद्धता जनाएपछि वडा अध्यक्ष साउदको आन्दोलन स्थगित भएको थियो। तर निर्माण कार्य आज सम्म पनि सञ्चालनमा आएको छैन।

शनिवार राजेन्द्र रावतको संयोजकत्वमा २५ सदस्यीय ‘सडक निर्माण दबाब संघर्ष समिती’ गठन गरी आन्दोलनलाई संगठित बनाइएको छ। समितिका उप-संयोजक मान बहादुर धामीले भोलिदेखि हरेक दिन बिहान १० बजेदेखि दुई घण्टा नियमितरूपमा सडक अबरुद्ध गरिने जानकारी दिए।

उनका अनुसार, सडक कालोपत्रे कार्य तत्काल सुरु नगरिएसम्म दैनिक दबाबमूलक कार्यक्रम जारी राखिनेछ भने जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा ध्यानाकर्षण पत्र बुझाउने तयारी पनि भइरहेको छ।

स्थानीयहरुले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले सुनवाइ नगरेको आरोप लगाएका छन्। उनीहरुको भनाइ छ—यदि माग सुनुवाइ भएन भने आन्दोलनलाई थप चर्काइनेछ।

Facebook Comments Box