कञ्चनपुर: नेपाली चलचित्रका कलाकार तेजा ऐरको निधन भएको छ। शनिबार शुक्लाफाँटा नगरपालिका–१० स्थित आफ्नै निवासमा उनको निधन भएको हो। उनी किड्नी र प्यारालाईसिसलगायतका स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका थिए।
उनले तीन दशकभन्दा बढी समय नेपाली, थारु र भोजपुरी चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन्। ऐरले मोर बस्ती, सत्या, हिरासत, विजयपथ, बिरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायतका चलचित्रमा अभिनय गरेका छन्।


आइतबार शुक्लाफाँटा नगरपालिका वडा नं. ११ स्थित बनहरा आर्यघाटमा उनको अन्त्येष्टी गरिनेछ।