कक्षा ८ को नतिजामा नगरपालिकाको कदम; सामुदायिक विद्यालयलाई विश्लेषण पेश गर्न निर्देशन

कञ्चनपुर : कृष्णपुर नगरपालिकामा सञ्चालित शैक्षिक सत्र २०८१ को नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षा परिणाम सार्वजनिक गरिएको छ। नगरपालिकाले नतिजा सार्वजनिक सँगै नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई नतिजा विश्लेषण प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ।

नगरपालिकाबाट प्राप्त निर्देशन अनुसार, प्रत्येक विद्यालयले शिक्षक स्टाफ बैठकमा विषयगत शिक्षकहरुको अनिवार्य सहभागिता सुनिश्चित गरी, सम्बन्धित विषय अध्यापन गर्ने शिक्षकहरुको राय, सुझाव र हस्ताक्षरसहित नतिजाको विश्लेषण गर्नुपर्नेछ। तयार पारिएको विश्लेषण प्रतिवेदन आगामी नियमित प्रधानाध्यापक बैठकमा अनिवार्य रूपमा पेश गर्नु पर्नेछ।

यस कार्यको उद्देश्य विद्यार्थीको शैक्षिक प्रगति, सिकाइ उपलब्धि, विषयगत कमजोरी तथा सुधारका उपायहरू पहिचान गर्नु रहेको जनाइएको छ। नगरपालिकाले गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी बनाउन यस्ता विश्लेषणात्मक अभ्यासलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

Facebook Comments Box